साल्ट ट्रेडिङले सेयरधनीलाई १० प्रतिशत लाभांश दिने

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनको ५८औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कर्पोरेसनको सञ्चालक समितिका अध्यक्ष प्रदीपलाल श्रेष्ठको सभापतित्वमा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, वित्तीय अवस्थाको विवरण, नाफा नोक्सानीको विवरण, नगद प्रवाह विवरणका साथै लेखानीति उपर छलफल गरी पारित गरेको कर्पोरेशनले जानकारी दिएको छ । कर्पोरेशनको कारोबारको विवरण प्रस्तुत गर्दै अध्यक्ष श्रेष्ठले […]

Mar 30, 2025 - 07:32
 0
साल्ट ट्रेडिङले सेयरधनीलाई १० प्रतिशत लाभांश दिने

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनको ५८औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

कर्पोरेसनको सञ्चालक समितिका अध्यक्ष प्रदीपलाल श्रेष्ठको सभापतित्वमा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, वित्तीय अवस्थाको विवरण, नाफा नोक्सानीको विवरण, नगद प्रवाह विवरणका साथै लेखानीति उपर छलफल गरी पारित गरेको कर्पोरेशनले जानकारी दिएको छ ।

कर्पोरेशनको कारोबारको विवरण प्रस्तुत गर्दै अध्यक्ष श्रेष्ठले २०८०/८१ को कारोवार समष्टिगतमा मूल्याङ्कन गरी व्यापारिक कारोबार सन्तोषजनक रहेको र वित्तीय क्षेत्रको लगानी पनि उपलब्धिमुलक रहेको अवगत गए । नुन, खाद्य वस्तु, रासायनिक मल तथा अन्य वस्तुको गरी १३ अर्ब ३५ करोड ३ लाख रुपैयाँ बराबरको बराबरको कारोबार गरेको जानकारी दिए । कर्पोरेशन उक्त बर्ष १ अर्ब ४ करोड ९७ लाख रुपैयाँ नाफा गरेको छ ।

सभाले २०८०/८१ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको १० प्रतिशतका दरले नगद लाभांश प्रदान गर्ने निर्णय पारित गरेको छ । साथै, सुनकोशी नदी लगायतमा आएको भीषण बाढीले जन धनको व्यापक क्षति पुर्याएकोमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा कर्पोरेशन र कर्मचारीहरुका तर्फबाट समेत ६० लाख रुपैयाँ उपलब्ध गराएको थियो ।

कर्पोरेशनले नेपाल सरकारको निर्देशन पालना गरी खास वस्तुहरुमा लागत मूल्यभन्दा कम मूल्यमा सामान बिक्री गरी सामाजिक उत्तर दायित्व समेत बहन गरेको अध्यक्ष श्रेष्ठले बताए ।

कर्पोरेशनले सरकारवाट प्राप्त अनुदानमा आवश्यक मात्रामा रासायनिक मल बिक्री गर्नुका साथै रासायनिक मलको अभावलाई न्यूनीकरण गर्न गैरअनुदानित रासायनिक मल एमुनियक सल्फेट र सिगल सुपर फस्फेट मल कृषकहरुलाई उपलब्ध गराउँदै आएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register