काठमाडौँ महानगरको जरिवानाको पत्र लिन पूर्वराजा ज्ञानेन्द्रद्वारा अस्वीकार, नगर प्रहरी गेटबाटै फर्कियो 

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवानाको पत्र बुझाउन गएको काठमाडौँ महानगरको टोली पत्र नबुझाई फर्किएको छ । आइतबार बिहान जरिवानाको पत्र बुझाउन गएको महानगरको टोली पत्र नबुझाई फर्किएको हो ।  पूर्वराजा शाहले जरिवानाको पत्र बुझ्न अस्वीकार गरेपछि टोली त्यसै फर्किएको महानगरका एक प्रहरीले बताएका छन् ।  ‘प्रदर्शनका क्रममा भएको फोहोर र सार्वजनिक सम्पत्तिमा पुगको क्षतिबापतको […]

Mar 30, 2025 - 07:32
 0
काठमाडौँ महानगरको जरिवानाको पत्र लिन पूर्वराजा ज्ञानेन्द्रद्वारा अस्वीकार, नगर प्रहरी गेटबाटै फर्कियो 

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवानाको पत्र बुझाउन गएको काठमाडौँ महानगरको टोली पत्र नबुझाई फर्किएको छ । आइतबार बिहान जरिवानाको पत्र बुझाउन गएको महानगरको टोली पत्र नबुझाई फर्किएको हो । 

पूर्वराजा शाहले जरिवानाको पत्र बुझ्न अस्वीकार गरेपछि टोली त्यसै फर्किएको महानगरका एक प्रहरीले बताएका छन् । 

‘प्रदर्शनका क्रममा भएको फोहोर र सार्वजनिक सम्पत्तिमा पुगको क्षतिबापतको जरिवानाका लागि पत्र लिएर निर्मल निवास गएका थियौँ ।’, ती नगर प्रहरीले भने, ‘तर पूर्वराजाले पत्र लिन अस्वीकार गरेपछि त्यसै फर्कियौँ ।’ 

निर्मल निवास पुगेको नगर प्रहरीको टोलीलाई गेट बाहिरैबाट फर्काइएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ । पूर्वराजाले किन पत्र लिन अस्वीकार गरे ? भन्ने विषय अझै खुलिसकेको छैन । महानगरपालिकाले फोहोर र तोडफोडको मूल्याङ्कन गरी पूर्वराजा शाहको नाममा ७ लाख ९३ हजार रुपैयाँ जरिवाना तोकेर पत्र काटेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register