पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कम्पनीको विज्ञप्तिमा लिङ्देनको प्रतिवाद

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कम्पनीले सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिका निष्कर्षलाई काउन्टर दिँदै प्रकाशित गरेको विज्ञप्तिको संयोजक राजेन्द्र लिङ्देनले प्रतिवाद गरेका छन् । समितिको बैठकमा बोल्दै ठेकेदार कम्पनीको विज्ञप्ति भ्रामक रहेको उनले बताए । सार्वभौम संसदीय समितिअन्तर्गतको उपमसमितिले तयार गरेको प्रतिवेदनलाई प्रभावित पार्ने उद्देश्यले विज्ञप्ति आएको भन्दै उनले त्यसको विरोध गरे । ‘सार्वभौम संसद्‌ले […]

May 21, 2025 - 08:47
 0
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कम्पनीको विज्ञप्तिमा लिङ्देनको प्रतिवाद

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कम्पनीले सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिका निष्कर्षलाई काउन्टर दिँदै प्रकाशित गरेको विज्ञप्तिको संयोजक राजेन्द्र लिङ्देनले प्रतिवाद गरेका छन् ।

समितिको बैठकमा बोल्दै ठेकेदार कम्पनीको विज्ञप्ति भ्रामक रहेको उनले बताए । सार्वभौम संसदीय समितिअन्तर्गतको उपमसमितिले तयार गरेको प्रतिवेदनलाई प्रभावित पार्ने उद्देश्यले विज्ञप्ति आएको भन्दै उनले त्यसको विरोध गरे ।

‘सार्वभौम संसद्‌ले निर्माण गरेको समितिको प्रतिवेदन उपर भ्रमपूर्ण भाषा सहितको विज्ञप्ति निकालेर प्रभाव पार्ने ढङ्गले विज्ञप्ति आएको छ । यो गलत छ,’ उनले भने । लिङ्देनले उपसमितिको प्रतिवेदन पारित गर्दै कार्यान्वयनमा अघि बढ्न पनि अनुरोध गरे ।

विमानस्थल निर्माणको ठेक्का लिएको China CMAC Engineering Co. Ltd ले प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको उपसमितिद्वारा तयार गरिएको “पोखरा क्षेत्रीय अन्तरर्राष्ट्रिय विमानस्थलको स्थलगत अध्ययन र अनुगमन प्रतिवेदनलाई गलत करार गरेको थियो ।

चिनियाँ ठेकेदार कम्पनीले प्रतिवेदनकै अनुसन्धान गर्न आह्वान गरेको छ । एक सूचना जारी गर्दै उसले भनेको छ, ‘CMACE ले सम्बन्धित नेपाली सरकारी निकायहरुलाई उक्त प्रतिवेदनको अनधिकृत प्रकाशनको अनुसन्धान गर्न, त्यसमा रहेको गलत सामग्रीलाई स्पष्ट पार्न र घटनाको सत्यतथ्य उजागर गर्न विनम्र अनुरोध गर्दछ ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register