‘शिक्षक आन्दोलनमा सरकारले घुसपैठ गरायो’

काठमाडौँ । शिक्षकहरुले आन्दोलनमा घुसपैठ भएको बताएका छन् । शान्तिपूर्ण रुपमा भइरहेको आन्दोलनमा सरकारले घुसपैठ गराएको शिक्षकहरुले आरोप लगाएका हुन् ।  पछिल्लो २५ दिनदेखि शान्तिपूर्ण आन्दोलन गरिरहँदा माग पूरा गर्न नसकेको सरकारले आन्दोलन भड्काउन घुसपैठ गराएको शिक्षकहरुको आरोप छ ।  आइतबार आन्दोलनमा घुसपैठ गराएर आन्दोलन बिथोल्ने प्रयास गरे पनि शिक्षकहरुले आन्दोलन नछोड्ने अडान लिएका छन् । […]

Apr 27, 2025 - 09:23
 0
‘शिक्षक आन्दोलनमा सरकारले घुसपैठ गरायो’

काठमाडौँ । शिक्षकहरुले आन्दोलनमा घुसपैठ भएको बताएका छन् । शान्तिपूर्ण रुपमा भइरहेको आन्दोलनमा सरकारले घुसपैठ गराएको शिक्षकहरुले आरोप लगाएका हुन् । 

पछिल्लो २५ दिनदेखि शान्तिपूर्ण आन्दोलन गरिरहँदा माग पूरा गर्न नसकेको सरकारले आन्दोलन भड्काउन घुसपैठ गराएको शिक्षकहरुको आरोप छ । 

आइतबार आन्दोलनमा घुसपैठ गराएर आन्दोलन बिथोल्ने प्रयास गरे पनि शिक्षकहरुले आन्दोलन नछोड्ने अडान लिएका छन् । बरु भोलि यो भन्दा तीन गुणा शिक्षक आन्दोलनमा भेला हुने शिक्षक महासंघले जनाएको छ । 

आइतबार प्रहरी र शिक्षकबीच दोहोरो झडप हुँदा १५ जना भन्दा धेरै शिक्षक घाइते भएका छन् । हाल घाइते शिक्षकहरुलाई उपचारका लागि सिभिल अस्पताल लगिएको छ । आन्दोलनमा झडप हुँदा प्रहरीले शिक्षकहरुलाई तितरबितर पार्न पानीको फोहोरा प्रहार गरेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register