पाथीभरामा केबलकार निर्माणको काम अघि नबढाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले ताप्लेजुङको पाथीभरामा केबलकार निर्माणको काम रोक्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । निर्माणलगायतका कामहरू तत्कालका लागि यथास्थितिमा राख्न सरकार तथा निर्माण कम्पनीका नाममा सर्वोच्चले आइतबार यस्तो आदेश दिएको हो । यामबहादुर लिम्बूलगायतले पाथीभरामा केवलकार निर्माण गर्न नहुने भन्दै निर्माणको निर्णय र त्यससँग सम्बन्धित सबै काम बदर गर्न माग गर्दै सर्वोच्चमा रिट […]

Mar 30, 2025 - 08:36
 0
पाथीभरामा केबलकार निर्माणको काम अघि नबढाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले ताप्लेजुङको पाथीभरामा केबलकार निर्माणको काम रोक्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

निर्माणलगायतका कामहरू तत्कालका लागि यथास्थितिमा राख्न सरकार तथा निर्माण कम्पनीका नाममा सर्वोच्चले आइतबार यस्तो आदेश दिएको हो ।

यामबहादुर लिम्बूलगायतले पाथीभरामा केवलकार निर्माण गर्न नहुने भन्दै निर्माणको निर्णय र त्यससँग सम्बन्धित सबै काम बदर गर्न माग गर्दै सर्वोच्चमा रिट निवेदन दिएका थिए ।

उक्त रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइपछि सर्वोच्चतले अन्तरिम आदेशको टुङ्गो नलाग्दासम्म सबै कामकारबाहीलाई यथास्थितिमा राख्न आदेश दिएको हो ।

गत महिना पाथीभरामा केबलकार निर्माणको विषयलाई लिएर झडपको स्थिति सिर्जना भएको थियो । त्यसपछि सुरु भएको काम रोकिएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register