जनकपुरधाममा स्थानीय र प्रहरीबीच झडप, दर्जन राउण्ड अश्रुग्यास प्रहार

जनकपुरधाम । स्थानीय र प्रहरीबीच झडप भएको छ । झडप नियन्त्रण गर्न प्रहरीले १ दर्जन राउण्ड अश्रुग्यास प्रहार गरेको छ । जनकपुरधाम उपमहानगरपालिका-२३ बिन्धीका १९ वर्षीय आँशु यादवको हत्यामा संलग्नलाई पक्राउ गर्न माग गर्दै पीडित परिवारसँगै स्थानीयहरूले गरेको आन्दोलनको क्रममा झडप भएको हो । आइतबार बिहानैदेखि मृतक आँशुका आफन्त र स्थानीयहरुले जनकपुरधाम-जलेश्वर-भिट्ठामोड सडक अवरुद्ध गरेर […]

Mar 30, 2025 - 11:25
 0
जनकपुरधाममा स्थानीय र प्रहरीबीच झडप, दर्जन राउण्ड अश्रुग्यास प्रहार

जनकपुरधाम । स्थानीय र प्रहरीबीच झडप भएको छ । झडप नियन्त्रण गर्न प्रहरीले १ दर्जन राउण्ड अश्रुग्यास प्रहार गरेको छ ।

जनकपुरधाम उपमहानगरपालिका-२३ बिन्धीका १९ वर्षीय आँशु यादवको हत्यामा संलग्नलाई पक्राउ गर्न माग गर्दै पीडित परिवारसँगै स्थानीयहरूले गरेको आन्दोलनको क्रममा झडप भएको हो ।

आइतबार बिहानैदेखि मृतक आँशुका आफन्त र स्थानीयहरुले जनकपुरधाम-जलेश्वर-भिट्ठामोड सडक अवरुद्ध गरेर आन्दोलित बनेका हुन् ।ठूलो सङ्ख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरी बाटो खुलाउने प्रयास गरेपछि स्थानीयले ढुङ्गामुढा गरेपछि प्रहरीले आश्रुग्यास प्रहार गरेको हो ।

आन्दोलनकारी र प्रहरीबीच भएको झडपमा परी ६/७ जना प्रहरी घाइते भएका छन् । पीडित परिवार र महिला बसेको टेण्ट प्रहरीले हटाइदिएपछि आक्रोशित बनेका स्थानीयले प्रहरीमाथि ढुङ्गामुढा गर्दै लखेटेका थिए । अहिले स्थानीयले बाटो अवरुद्ध गरेका छन् । सयौँ सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ ।

हत्यामा संलग्न एक जनालाई प्रहरीले घटनास्थलबाटै पक्राउ गरेपनि अन्य ६ जनालाई पक्राउ नगरेको भन्दै उनीहरू सडकमा टायर बालेर प्रहरी प्रशासनविरुद्ध प्रदर्शन गरिरहेका छन् । सडक अवरुद्ध पारेर गरिरहेका प्रदर्शनका कारण सवारीसाधन ठप्प भएको छ ।

गत फाल्गुन २ होलीका दिन रङ्गअविर खेल्ने क्रममा आँशुलाई स्थानीय २१ वर्षीय धर्मेन्द्र महतोले छुरा प्रहार गरी हत्या गरेका थिए । प्रहरीले धमेन्द्रलाई त्यहीँ दिन पक्राउ गरेपनि उनलाई हत्यामा सघाउने अन्य ६ जनालाई पक्राउ नगरेको भन्दै उनीहरु आन्दोलनमा उत्रेका छन् ।

धनुषाका प्रहरी प्रवक्ता डीएसपी वरुण बहादुर सिंहले अवरुद्ध सडक खुलाउन आन्दोलित पक्षसँग छलफल गरिरहेको बताए । उनले भने, “पीडित परिवारले ६/७ जनामाथि किटानी जाहेरी दिएको छ । घटनाका मुख्य आरोपितलाई पक्राउ गरिसकेका छौँ । अन्य आरोपितको खोजी भइरहेको छ ।”

स्थितिलाई नियन्त्रणमा लिन प्रहरी अहिलेसम्म कति सेल अश्रुग्यास प्रहार भएको र घाइते भएको भन्ने विवरण एकिन नभएको धनुषाका प्रहरी उपरीक्षक एसपी भुवनेश्वर तिवारीले जानकारी दिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register