रविन्द्र र धवललाई राजद्रोहको मुद्दा, म्याद थप्न न्यायाधीश महर्जनको इजलासमा पेस

काठमाडौं । राप्रापा नेपालका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवलशम्शेर राणाविरूद्ध राजद्रोहको मुद्दामा अनुसन्धानका लागि म्याद प्रक्रिया अघि बढेको छ । सरकारी वकिल कार्यालय काठमाडौंका प्रवक्ता गोकुल प्रसाद निरौलाका अनुसार नेताद्वय सहित ११ जनाविरूद्ध राजद्रोहको मुद्दा अघि बढाइएको हो । सरकारी वकिल कार्यालयबाट कानुनी प्रक्रिया पुरा गर्दै उनीहरूलाई जिल्ला अदालतमा उपस्थित गराइएको छ । […]

Mar 30, 2025 - 13:16
 0
रविन्द्र र धवललाई राजद्रोहको मुद्दा, म्याद थप्न न्यायाधीश महर्जनको इजलासमा पेस

काठमाडौं । राप्रापा नेपालका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवलशम्शेर राणाविरूद्ध राजद्रोहको मुद्दामा अनुसन्धानका लागि म्याद प्रक्रिया अघि बढेको छ ।

सरकारी वकिल कार्यालय काठमाडौंका प्रवक्ता गोकुल प्रसाद निरौलाका अनुसार नेताद्वय सहित ११ जनाविरूद्ध राजद्रोहको मुद्दा अघि बढाइएको हो ।

सरकारी वकिल कार्यालयबाट कानुनी प्रक्रिया पुरा गर्दै उनीहरूलाई जिल्ला अदालतमा उपस्थित गराइएको छ । काठमाडौं जिल्ला अदालतको न्यायाधीश तारादेवी महर्जनको इजलासमा म्याद थप सम्बन्धि बहस जारी छ ।

यस्तै पक्राउ परेका अन्य ३१ जनाविरूघ आपराधिक उपद्रवमा म्याद थपको प्रक्रिया अघि बढाइएको छ ।

राजद्रोहको अभियोग पुष्टी भए अधिकतम २५ वर्षसम्मको कैद हुनसक्ने व्यवस्था छ । आपराधिक उपद्रवमा पाँच वर्षसम्म कैद हुनेछ । गत शुक्रबार राजावादीहरूको आन्दोलन हिंसात्मक बनेको थियो । आन्दोलनको क्रममा सार्वजनिक तथा निजी सम्पत्ति तोडफोड सहित लुटपाट समेत भएका थिए । उक्त घटनामा दुई जनाको ज्यान गएको थियो । आन्दोलन हिंसात्मक बनाउन उक्साएको भन्दै नेताद्वय मिश्र र राणा पक्राउ परेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register