ईदका अवसरमा आज सार्वजनिक बिदा, नेप्से बन्द

काठमाडौँ । सरकारले इस्लाम धर्मावलम्बीको पर्व ईदका अवसरमा आज सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव रामचन्द्र तिवारीका अनुसार २०८० माघ २९ को नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार आज सार्वजनिक बिदा दिइएको हो । इस्लाम धर्मावलम्बीको महान पर्व ‘ईद-उल-फित्र’ हर्षोल्लासका साथ मनाउने परम्परा रही आएको छ । सरकारले आज सार्वजनिक बिदा दिएसँगै सेयर […]

Mar 31, 2025 - 03:41
 0
ईदका अवसरमा आज सार्वजनिक बिदा, नेप्से बन्द

काठमाडौँ । सरकारले इस्लाम धर्मावलम्बीको पर्व ईदका अवसरमा आज सार्वजनिक बिदा दिएको छ ।

गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव रामचन्द्र तिवारीका अनुसार २०८० माघ २९ को नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार आज सार्वजनिक बिदा दिइएको हो ।

इस्लाम धर्मावलम्बीको महान पर्व ‘ईद-उल-फित्र’ हर्षोल्लासका साथ मनाउने परम्परा रही आएको छ । सरकारले आज सार्वजनिक बिदा दिएसँगै सेयर बजार पनि बन्द हुने भएको छ ।

आइतबार २९.८९ अंकले बढेर २६९३.१२ बिन्दुमा पुगेर भन्द भएको नेप्से अब मंगलबार बिहान ११ बजे मात्र खुल्नेछ । नेप्सेसँगै आज देशभर बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय, विद्यालय, सार्वजनिक संस्थान पनि बन्द रहनेछन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register