समृद्धि फाइनान्स र नेपाल माइक्रो इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेड र नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीबीच बीमा सेवालाई सहज बनाउन समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौताअनुसार समृद्धि फाइनान्सका ऋणी ग्राहकहरूलाई सरल र सहज बीमा सेवा उपलब्ध गराइनेछ । बीमा दाबी सम्बन्धी सम्पूर्ण आवश्यक कागजात प्राप्त भएको ४८ घण्टाभित्र दाबी भुक्तानी प्रक्रिया पूरा गरिने व्यवस्था गरिएको छ । सम्झौतामा […]

Feb 10, 2025 - 06:27
 0
समृद्धि फाइनान्स र नेपाल माइक्रो इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेड र नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीबीच बीमा सेवालाई सहज बनाउन समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौताअनुसार समृद्धि फाइनान्सका ऋणी ग्राहकहरूलाई सरल र सहज बीमा सेवा उपलब्ध गराइनेछ । बीमा दाबी सम्बन्धी सम्पूर्ण आवश्यक कागजात प्राप्त भएको ४८ घण्टाभित्र दाबी भुक्तानी प्रक्रिया पूरा गरिने व्यवस्था गरिएको छ ।

सम्झौतामा समृद्धि फाइनान्सको तर्फबाट उपमहाप्रबन्धक विनोद राज पौडेल र नेपाल माइक्रो इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मृगेन्द्रनाथ रिमालले हस्ताक्षर गरेका छन् ।

सम्झौतापछि समृद्धि फाइनान्सका ग्राहकहरूले बैंकिङ सेवा लिँदा बीमा सुरक्षाको सुविधा सहज रूपमा प्राप्त गर्नेछन् । यस साझेदारीले ऋणी ग्राहकहरूको सुरक्षालाई थप मजबुत बनाउने र वित्तीय जोखिम न्यूनीकरणमा योगदान पुर्याउने विश्वास गरिएको छ ।

समृद्धि फाइनान्सले आफ्ना ग्राहकहरूको सुविधालाई प्राथमिकता दिँदै आगामी दिनमा अझ प्रभावकारी वित्तीय सेवाहरू उपलब्ध गराउने योजना बनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register