कुलमानबारे प्रधानमन्त्रीको जवाफ- ‘अदालतमा विचाराधीन विषयमा चर्चा गर्न विधिसम्मत हुँदैन’ 

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कुलमान घिसिङको विषयमा धेरै चर्चा गर्न विधिसम्मत नहुने बताएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले हाल कुलमान घिसिङको विषयमा अदालतमा विचाराधीन भएकाले त्यसमा थप चर्चा गर्न विधिसम्मत नहुने बताएका हुन् ।  ‘अहिले यो विषय सम्मानित अदालतमा विचाराधीन छ’, ओलीले भने, ‘थप चर्चा परिचर्चा गर्न विधिसम्मत हुन्न भन्ने […]

Mar 31, 2025 - 08:47
 0
कुलमानबारे प्रधानमन्त्रीको जवाफ- ‘अदालतमा विचाराधीन विषयमा चर्चा गर्न विधिसम्मत हुँदैन’ 

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कुलमान घिसिङको विषयमा धेरै चर्चा गर्न विधिसम्मत नहुने बताएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले हाल कुलमान घिसिङको विषयमा अदालतमा विचाराधीन भएकाले त्यसमा थप चर्चा गर्न विधिसम्मत नहुने बताएका हुन् । 

‘अहिले यो विषय सम्मानित अदालतमा विचाराधीन छ’, ओलीले भने, ‘थप चर्चा परिचर्चा गर्न विधिसम्मत हुन्न भन्ने यस सम्मानित सदनलाई जानकारी नै छ ।’ 

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट घिसिङलाई सरकारले बर्खास्त गरेपछि विपक्षी दलहरुले संसदमा अवरोध गर्दै आएका थिए । सोही अवरोध चिर्दै प्रधानमन्त्रीले जवाफ दिने क्रममा कुलमानको विषयमा अदालतमा विचाराधीन भएकाले धेरै चर्चा नगर्ने बताएका छन् । 

त्यस्तै, ओलीले कुनै कर्मचारीबाट विभागीय मन्त्रीले आफूप्रति लोयल्टी फिल नगरे चेन अफ कमाण्डले काम नगर्ने भन्दै विभागीय मन्त्रीको कामबारे पनि परीक्षण हुने बताएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register