भत्किएको घरमा पुरिएका ४ जनाको ६० घण्टापछि उद्धार

एजेन्सी, १८ चैत । म्यानमारमा भूकम्पबाट भत्किएको घरमा पुरिएका चार जनाको ६० घण्टापछि उद्धार भएको छ । गएको शुक्रवार ७ दशमलव ७ म्याग्निच्युडको भूकम्पका कारण उत्तरी सागाइमा भत्किएको घरबाट उनीहरूको उद्धार भएको बीबीसीले जनाएको छ । यसअघि एउटा भत्किएको अस्पतालबाट ३६ घण्टापछि एक महिलाको उद्धार भएको थियो । म्यानमार र थाइल्यान्डमा अझ पनि सयौं मानिस [...] The post भत्किएको घरमा पुरिएका ४ जनाको ६० घण्टापछि उद्धार appeared first on Jhapa Online.

Mar 31, 2025 - 08:47
 0
भत्किएको घरमा पुरिएका ४ जनाको ६० घण्टापछि उद्धार

एजेन्सी, १८ चैत । म्यानमारमा भूकम्पबाट भत्किएको घरमा पुरिएका चार जनाको ६० घण्टापछि उद्धार भएको छ ।

गएको शुक्रवार ७ दशमलव ७ म्याग्निच्युडको भूकम्पका कारण उत्तरी सागाइमा भत्किएको घरबाट उनीहरूको उद्धार भएको बीबीसीले जनाएको छ । यसअघि एउटा भत्किएको अस्पतालबाट ३६ घण्टापछि एक महिलाको उद्धार भएको थियो ।

म्यानमार र थाइल्यान्डमा अझ पनि सयौं मानिस हराइरहेका छन् । थाइल्यान्डको राजधानी बैंककमा मात्र १८ जनाको ज्यान गएको छ भने ७६ जना हराइरहेका छन् ।

भूकम्पमा परी अहिलेसम्म एक हजार सात सय जनाको ज्यान गएको छ भने झन्डै तीन हजार चार सय जना घाइते भएका छन् । म्यानमार र थाइल्यान्डमा राहत र उद्धारको काम भइरहेको छ ।

अत्यावश्यक उपकरणको अभाव, कमजोर सञ्चार सञ्जाल तथा क्षतिग्रस्त सडक पूर्वाधार एवम् पुलका कारण खोजी कार्यमा असर परिरहेकोमा अन्तर्राष्ट्रिय क्षेत्रबाट सहयोग हुन थालेको छ ।

The post भत्किएको घरमा पुरिएका ४ जनाको ६० घण्टापछि उद्धार appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register