कुलमान घिसिङलाई हटाएर सरकारले गल्ती गर्‍यो : विश्वप्रकाश शर्मा

काठमाडौँ, १८ चैत । नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद विश्वप्रकाश शर्माले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएर सरकारले गल्ती गरेको बताएका छन्। सोमबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले घिसिङलाई बाँकी समय काम गर्न दिनुपर्नेमा सरकारले हटाएर गल्ती गरेको बताएका हुन्। उनले अदालतमा विचाराधिन विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा जवाफ किन दिनुभयो ? भन्दै प्रश्न [...] The post कुलमान घिसिङलाई हटाएर सरकारले गल्ती गर्‍यो : विश्वप्रकाश शर्मा appeared first on Jhapa Online.

Mar 31, 2025 - 08:54
 0
कुलमान घिसिङलाई हटाएर सरकारले गल्ती गर्‍यो : विश्वप्रकाश शर्मा

काठमाडौँ, १८ चैत । नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद विश्वप्रकाश शर्माले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएर सरकारले गल्ती गरेको बताएका छन्।

सोमबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले घिसिङलाई बाँकी समय काम गर्न दिनुपर्नेमा सरकारले हटाएर गल्ती गरेको बताएका हुन्। उनले अदालतमा विचाराधिन विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा जवाफ किन दिनुभयो ? भन्दै प्रश्न गरे।

‘कुलमान घिसिङलाई बाँकी समय काम गर्न दिनुपर्थ्यो। हामी पनि सत्तारुढको कित्ताबाट भनिरहेका छौं। सरकारले हटाएर गल्ती गरेको छ हामीले भनेका छौं। तर यो विषय अदालतको विषय भइसकेको कारण प्रतिपक्षीले समय माग्यो किन? सभामुखले समय दिनुभयो किन? प्रधानमन्त्रीले अदालतमा छलफलका क्रममा रहेका विषयमा जवाफ दिनुभयो किन?,ु उनले सोधे,ुतर यसो भन्दै गर्दा पनि आम नागरिकलाई तिमी अदालतको फैसला चाहन्छौँ किन राजा भन्दै गर्दा नागरिकले अदालतको फैसला नै लोकतन्त्रमा सर्वोपरी हुन्छ भन्दै फैसला चाहन्छु भन्छन्।’

उनले फरक प्रसंगमा बोल्दै राजावादी समूहको तीनकुने घटनामा भएको धनजनको क्षति भएकोबारे सबैतिर दुखेको भएपनि निर्मल निवास नदुखेको टिप्पणी गरे।

The post कुलमान घिसिङलाई हटाएर सरकारले गल्ती गर्‍यो : विश्वप्रकाश शर्मा appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register