तीनकुने घटना छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न रास्वपाको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यबाहक प्रवक्ता मनीष झाले तीनकुने घटनामा सरकार र आन्दोलनकारी दुवै उत्तिकै जिम्मेवार रहेको बताएका छन् । प्रतिनिधिसभाको बैठकलाई आज (सोमबार)काे सम्बाेधन गर्दै उनले सरकारले भीड नियन्त्रण गर्न पर्याप्त तयारी नगरेका कारण दुर्घटना हुन गएको बताए । पत्रकार सुरेश रजकको मृत्यु शङ्कास्पद रहेको झाले बताए । ‘१० मिनेटअघि समान्य अवस्थामा […]

Mar 31, 2025 - 09:01
 0
तीनकुने घटना छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न रास्वपाको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यबाहक प्रवक्ता मनीष झाले तीनकुने घटनामा सरकार र आन्दोलनकारी दुवै उत्तिकै जिम्मेवार रहेको बताएका छन् ।

प्रतिनिधिसभाको बैठकलाई आज (सोमबार)काे सम्बाेधन गर्दै उनले सरकारले भीड नियन्त्रण गर्न पर्याप्त तयारी नगरेका कारण दुर्घटना हुन गएको बताए ।

पत्रकार सुरेश रजकको मृत्यु शङ्कास्पद रहेको झाले बताए । ‘१० मिनेटअघि समान्य अवस्थामा फुटेजमा देखिएका उनी बसेको अवस्थामा मृत भेटिएका छन्,’ उनले थपे ।

आन्दोलनमा सहभागी नभइ सडकमा हिँडिरहेका सविन महर्जनलाई प्रहरीले गाली हानेको भिडिओ फुटेजमा देखिएको उनले बताए ।

आफ्नो पार्टीका प्रमुख सचेतक सन्तोष परियारको गाडीमा आगजनी गरिएको घटना पनि शङ्कास्पद रहेको उनले बताए । शुक्रबारको हिङ्सा आफ्नो दलप्रति लक्षित भएको पाएको उनको भनाइ थियो ।

प्रवक्ता झाले तीनकुने घटना छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register