चितवन बन्यो जारी सिजनमा जित हासिल गर्ने पहिलो टोली

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताअन्तर्गत सोमबारको खेलमा चितवन एफसीले जित हासिल गरेको छ । त्रिपुरेश्वोरस्थित दशरथ रङ्गशालामा भएको खेलमा चितवन पोखरा थन्डर्सलाई २–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । चितवनको जितमा नोडिर माभलोनोभ र निरज चौधरीले समान एक–एक गोल गरे । चितवनका माभलोनोभले खेलको १५औँ मिनेटमा गोल गर्दै टोलीलाई पहिलो अग्रता […]

Apr 1, 2025 - 02:08
 0
चितवन बन्यो जारी सिजनमा जित हासिल गर्ने पहिलो टोली

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताअन्तर्गत सोमबारको खेलमा चितवन एफसीले जित हासिल गरेको छ ।

त्रिपुरेश्वोरस्थित दशरथ रङ्गशालामा भएको खेलमा चितवन पोखरा थन्डर्सलाई २–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । चितवनको जितमा नोडिर माभलोनोभ र निरज चौधरीले समान एक–एक गोल गरे ।

चितवनका माभलोनोभले खेलको १५औँ मिनेटमा गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाए । यस्तै, खेलको दोस्रो हाफको अतिरिक्त समयमा नीरज चौधरीले गोल गरे । यस जितसँगै चितवनले ३ अङ्क जोड्यो ।

यससँगै चितवन जारी सिजनमा जित हासिल गर्ने पहिलो टाेली बनेकाे छ । यसअघि भएका दुई खेल बराबरीमा सकिएका थिए । आज (मङ्गलबार) बुटवल लुम्बिनी र धनगढी एफसीबीच प्रतिस्पर्धा हुनेछ ।

अङ्क तालिका :

बुटवल लुम्बिनी र झापाबीचको खेल गोलरहित बराबरीमा

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register