सांसद दीपक बोहराको निधन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दीपक बोहराको निधन भएको छ । पार्टीका वरिष्ठ नेता एवं पूर्वमन्त्री बोहराको उपचारको क्रममा ओम अस्पतालमा मङ्गलबार बिहान निधन भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । पोस्ट कोभिड समस्याले गर्दा उनी अहिले बोल्न नसक्ने अवस्थामा थिए । पोस्ट कोभिडका कारण उनको घाँटीमा क्यान्सर भएको थियो । बोहरा रुपन्देही […]

Apr 1, 2025 - 06:44
 0
सांसद दीपक बोहराको निधन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दीपक बोहराको निधन भएको छ ।

पार्टीका वरिष्ठ नेता एवं पूर्वमन्त्री बोहराको उपचारको क्रममा ओम अस्पतालमा मङ्गलबार बिहान निधन भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

पोस्ट कोभिड समस्याले गर्दा उनी अहिले बोल्न नसक्ने अवस्थामा थिए । पोस्ट कोभिडका कारण उनको घाँटीमा क्यान्सर भएको थियो ।

बोहरा रुपन्देही क्षेत्र नम्बर-३ बाट निर्वाचित सांसद हुन् । उनी चुनावको बेलामा पनि बोल्न नसक्ने अवस्थामा थिए । नबोलेरै उनी निर्वाचित भएका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register