शौचालयमा बसेर मोबाइल प्रयोग गर्नुहुन्छ भने हुनुहोस् सावधान

काठमाडौं । सामाजिक सञ्जालको क्रेज यति बढेको छ कि मानिसहरू हरेक ठाउँमा रील्स, भिडिओ र च्याटिङमा डुबेका हुन्छन् । यहाँसम्म कि शौचालयमा पनि । धेरै मानिस शौचालयमा बसेर युट्युब र फेसबुक इन्स्टाग्राममा रील्स स्क्रोल गर्न रुचाउँछन् । तर, के तपाईंलाई थाहा छ कि यो बानीले स्वास्थ्यमा गम्भीर हानि पुर्‍याउन सक्छ ? आउनुहोस्, विस्तारमा यसको बारेमा […]

Apr 6, 2025 - 09:57
 0
शौचालयमा बसेर मोबाइल प्रयोग गर्नुहुन्छ भने हुनुहोस् सावधान

काठमाडौं । सामाजिक सञ्जालको क्रेज यति बढेको छ कि मानिसहरू हरेक ठाउँमा रील्स, भिडिओ र च्याटिङमा डुबेका हुन्छन् । यहाँसम्म कि शौचालयमा पनि ।

धेरै मानिस शौचालयमा बसेर युट्युब र फेसबुक इन्स्टाग्राममा रील्स स्क्रोल गर्न रुचाउँछन् । तर, के तपाईंलाई थाहा छ कि यो बानीले स्वास्थ्यमा गम्भीर हानि पुर्‍याउन सक्छ ? आउनुहोस्, विस्तारमा यसको बारेमा जानौँ –

यदि तपाईं शौचालयमा धेरै समयसम्म बस्नुहुन्छ भने मलाशयमा दबाब बढ्छ । यसले रक्तसञ्चार प्रभावित गर्छ र पायल्सको समस्या हुनसक्छ । यसमा मलद्धारको नजिक सुन्निने र तीव्र दुखाइ हुनसक्छ ।

मेरुदण्ड र घाँटीमा दुखाइ

शौचालयमा बसेर मोबाइल स्क्रोल गर्दा तपाईंको घाँटी झुकेको हुन्छ, जसले घाँटी दुखाइ र मेरुदण्ड दुखाइको समस्या निम्त्याउन सक्छ । लामो समयसम्म यो बानीले ढाडको हड्डीलाई कमजोर पार्न सक्छ ।

ब्याक्टेरिया र सङ्क्रमणको जोखिम

के तपाईंलाई थाहा छ कि शौचालयमा भएका ब्याक्टेरियाहरू मोबाइलमा टाँसिन सक्छन् ? अनुसन्धानअनुसार शौचालय सिट, फ्लश र ढोकामा भएका ब्याक्टेरियाहरू तपाईंको फोनमा टाँसिन्छन् र पछि मुख, आँखा र छालाबाट शरीरमा प्रवेश गरेर सङ्क्रमण फैलाउन सक्छन् । यसको लागि तपाईंले शौचालय प्रयोग गरेपछि हात र मोबाइल सफा गर्नुपर्छ ।

कब्जियत र अपचको समस्या

यदि शौचालयमा फोन चलाउँदै धेरै समय बिताउनुहुन्छ भने तपाईंको ध्यान मोबाइलतर्फ हुन्छ र मल त्यागको प्रक्रिया सुस्त हुनसक्छ । यसले कब्जियत, पेट दुखाइ र अपच जस्ता समस्याहरू निम्त्याउन सक्छ । शौचालय जाँदा मोबाइल नलगी सकाउनुहोस् र फाइबरयुक्त आहार लिनुहोस् ।

मानसिक तनाव र चिन्ता

केही मानिसहरूलाई शौचालयमा बसेर रील्स हेर्न आरामदायक लाग्छ, तर यो बिस्तारै मोबाइल लत र मानसिक तनावको कारण बन्न सक्छ । लगातार स्क्रिन हेर्दा दिमागले आराम पाउँदैन र यो अलर्ट मोडमा रहन्छ, जसले तनाव बढाउन सक्छ । शौचालयलाई आराम र रिलाक्सेसनको स्थान नबनाउनुहोस् । मोबाइलको सीमित प्रयोग गर्नु नै तपाईंको मानसिक स्वास्थ्यको लागि राम्रो कुरा हो ।

यो बानीलाई कसरी छुटाउने ?

  • फोनलाई बाहिर छोडेर जानुहोस् ।
  • शौचालयमा समय सीमित गर्नुहोस् (५ मिनेटभन्दा बढी नबस्नुहोस्) ।
  • कब्जियत र अपचबाट बच्न स्वस्थ आहार लिनुहोस् ।
  • मोबाइल लत कम गर्न स्क्रिन टाइम नियन्त्रण गर्नुहोस् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register