पञ्जाबको दुई खेलमा शतप्रतिशत नतिजा, लखनऊलाई सहजै हरायो

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाब किङ्ग्सले दुई खेलमा शतप्रतिशत नतिजा हासिल गरेको छ । लखनऊमाथि आठ विकेटको सहज जित हासिल गर्दै पञ्जाबले आफ्नो सुखद यात्रा कायमै राखेको हो । लखनऊ सुपर जाइन्ट्समा मङ्गलबार राति सकिएको खेलमा घरेलु टोलीले दिएको १७२ रनको लक्ष्य पञ्जाबले २२ बल बाँकी छँदै मात्र दुई विकेटको क्षतिमा १७७ […]

Apr 2, 2025 - 02:02
 0
पञ्जाबको दुई खेलमा शतप्रतिशत नतिजा, लखनऊलाई सहजै हरायो

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाब किङ्ग्सले दुई खेलमा शतप्रतिशत नतिजा हासिल गरेको छ ।

लखनऊमाथि आठ विकेटको सहज जित हासिल गर्दै पञ्जाबले आफ्नो सुखद यात्रा कायमै राखेको हो ।

लखनऊ सुपर जाइन्ट्समा मङ्गलबार राति सकिएको खेलमा घरेलु टोलीले दिएको १७२ रनको लक्ष्य पञ्जाबले २२ बल बाँकी छँदै मात्र दुई विकेटको क्षतिमा १७७ रन बनाउँदै पूरा गर्यो ।

पञ्जाबको जितमा प्रभसिमरन सिंह र कप्तान श्रेयस एय्यरले अर्धशतकीय पारी खेले । खेलको उत्कृष्ट खेलाडी घोषित सिंहले ६९ तथा एय्यरले अविजित ५२ रन जोडे ।

यस्तै नेहल वाधेराले अविजित ४३ तथा प्रियाङ्श आर्यले आठ रन बनाए ।

लगनऊका दिग्भेश राठीले सर्वाधिक दुई विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लखनऊले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७१ रन बनाएको थियो । उसका लागि निकोलस पुरनले सर्वाधिक ४४ रन बनाएका थिए ।

पञ्जाबका आर्शदीप सिंहले सर्वाधिक तीन विकेट लिए ।

यससँगै पञ्जाब चार अङ्कसहित दोस्रो स्थानमा उक्लिएको छ । पराजित लखनऊको भने तेस्रो खेलमा दोस्रो हार हो । लखनऊ अङ्क तालिकाको छैटौं स्थानमा छ ।

मुम्बईको पहिलो जित, कोलकाता आठ विकेटले पराजित

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register