बागमतीमा साँझ साढे ६ बजे बजेट आउने

हेटौँडा । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट साँझ साढे ६ बजे ल्याउने भएको छ । यसअघि आज दिउँसो ३ बजे बजेट सार्वजनिक गर्ने समय तालिका बनाइएको भए पनि बजेट निर्माण प्रक्रियामा दलहरूबीच समस्या देखिएपछि समय सारिएको हो । प्रदेशसभा सचिवालयले सूचना जारी गरी प्रदेशसभाको बैठक साढे ६ बजे बस्ने जनाएको छ […]

Jun 15, 2025 - 11:56
 0
बागमतीमा साँझ साढे ६ बजे बजेट आउने

हेटौँडा । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट साँझ साढे ६ बजे ल्याउने भएको छ । यसअघि आज दिउँसो ३ बजे बजेट सार्वजनिक गर्ने समय तालिका बनाइएको भए पनि बजेट निर्माण प्रक्रियामा दलहरूबीच समस्या देखिएपछि समय सारिएको हो । प्रदेशसभा सचिवालयले सूचना जारी गरी प्रदेशसभाको बैठक साढे ६ बजे बस्ने जनाएको छ ।

प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले प्रदेशसभाको बैठकमा आगामी आवको बजेट प्रस्तुत गर्नेछन् ।

सरकारसँग ६४ अर्बको बजेट ल्याउने सबै दलहरूसँग छलफल भए पनि सरकारले प्रतिपक्षी दलहरूसँगको छलफललाई वेवास्ता गरी ७२ अर्बको बजेट ल्याउन लागेकाले असहमति रहेको एक जना विपक्षी दलका प्रदेशसभा सदस्यले बताए ।

साँझ साढे ५ बजे मन्त्रिपरिषद्को बैठक बसेर बजेट स्वीकृत गरिने कार्यक्रम तय भएको मुख्यमन्त्री बहादुर सिंह लामाको सचिवालयका एक सदस्यले बताए ।

चालु आवमा ६४ अर्ब ५४ करोड रुपैँयाँको बजेट ल्याइएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register