अब मोबाइल बैंकिङ, वालेट र कनेक्ट आईपीएसबाट ५०० रुपैयाँसम्म ट्रान्सफर गर्दा शुल्क नलाग्ने
काठमाडौं । अब मोबाइल बैंकिङ, वालेट तथा कनेक्ट आईपीएसबाट ५०० रुपैयाँसम्मको रकम ट्रान्सफरमा कुनै पनि शुल्क नलाग्ने भएको छ । बुधबार एक सूचना प्रकाशन गर्दै नेपाल क्लियरिङ हाउस (एनसीएचएल) ले शुल्क परिमार्जन गर्दै यस किसिमको व्यवस्था लागु गरेको हो । एनसीएचएलका अनुसार रिटेल पेमेन्ट स्विच (आरपीएस) प्रणालीमा लाग्ने शुल्क परिमार्जन गर्दै कारोबार रकम सीमाको आधारमा लागु हुन्छ । जसअनुसार मोबाइल बैंकिङ, कनेक्ट आईपीएसको मोबाइल एप तथा वेबसाइट र वालेटमा रकम राख्दा/झिक्दा ५०० रुपैयाँसम्मको रकम ट्रान्सफरमा कुनै पनि शुल्क लाग्ने छैन ...

What's Your Reaction?






