तीनकुने घटना : लुटपाटको प्रतिकार गर्ने भाटभटेनीका सुरक्षागार्ड सम्मानित
काठमाडौं । गत शुक्रबार भएको राजावादी आन्दोलनका क्रममा भएको लुटपाटको प्रतिकार गर्ने भाटभेटनी सुपरमार्केटका सुरक्षा गार्ड दुलप्रसाद पराजुली (कृष्ण) सम्मानित भएका छन् । भाटभटेनीका मालिक मीनबहादुर गुरुङले बुधबार एक कार्यक्रमबीच उनलाई दुबोको माला लगाइदिएर सम्मान गरेका हुन् । भाटभटेनीले पराजुलीलाई ५ लाख १ हजार १ सय ११ नगद रुपैयाँ पुरस्कार र पाँच ग्रेड बढुवासमेत गरेको […]

काठमाडौं । गत शुक्रबार भएको राजावादी आन्दोलनका क्रममा भएको लुटपाटको प्रतिकार गर्ने भाटभेटनी सुपरमार्केटका सुरक्षा गार्ड दुलप्रसाद पराजुली (कृष्ण) सम्मानित भएका छन् ।
भाटभटेनीका मालिक मीनबहादुर गुरुङले बुधबार एक कार्यक्रमबीच उनलाई दुबोको माला लगाइदिएर सम्मान गरेका हुन् ।
भाटभटेनीले पराजुलीलाई ५ लाख १ हजार १ सय ११ नगद रुपैयाँ पुरस्कार र पाँच ग्रेड बढुवासमेत गरेको छ ।
कार्यक्रममा चैत १५ गते लुटपाट र तोडफोडमा भाटभटेनीलाई जोगाउन भूमिका खेल्ने अन्य कर्मचारीलाई पनि पुरस्कार र सम्मान प्रदान गरिएको छ ।
उक्त घटनाका क्रममा करिब ८० लाख रुपैयाँ बराबरको क्षति भएको भाटभटेनीले जनाएको छ ।
What's Your Reaction?






