प्रतिबन्धित लागुपदार्थ सहित ८ जना प्रहरीको नियन्त्रणमा

विराटनगर,२० चैत्र । मोरङ र सुनसरीको बिभिन्न स्थानहरुबाट चैत्र १९ गते प्रतिबन्धित लागु पदार्थ सहित ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको प्रहरी टोलीले विराटनगर महानगरपालिका–१५ र १६ स्थितबाट सुनसरीको इटहरी उपमहानगरपालिका–५ का रोहित कार्कीलाई लागु पदार्थ स्कुफ–८ बोतल, मोरङको विराटनगर महानगरपालिका–१५ का ३७ बर्षीय प्रभात सिंह कटुवाललाई ब्राउनसुगर १ ग्राम [...] The post प्रतिबन्धित लागुपदार्थ सहित ८ जना प्रहरीको नियन्त्रणमा appeared first on Jhapa Online.

Apr 2, 2025 - 09:09
 0
प्रतिबन्धित लागुपदार्थ सहित ८ जना प्रहरीको नियन्त्रणमा

विराटनगर,२० चैत्र । मोरङ र सुनसरीको बिभिन्न स्थानहरुबाट चैत्र १९ गते प्रतिबन्धित लागु पदार्थ सहित ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको प्रहरी टोलीले विराटनगर महानगरपालिका–१५ र १६ स्थितबाट सुनसरीको इटहरी उपमहानगरपालिका–५ का रोहित कार्कीलाई लागु पदार्थ स्कुफ–८ बोतल, मोरङको विराटनगर महानगरपालिका–१५ का ३७ बर्षीय प्रभात सिंह कटुवाललाई ब्राउनसुगर १ ग्राम ५ मिलिग्राम, मोरङको बेलबारी नगरपालिका–४ का ३० बर्षीय हर्कराज राई र ३० बर्षीय सुजन खवासलाई ५ ग्राम ६ मिलिग्राम ब्राउन सुगर सहित र बेलबारी –४ का २३ बर्षीय सरोज राईलाई ५ ग्राम २५ मिलिग्राम लागु पदार्थ ब्राउनसुगर सहित नियन्त्रणमा लिएको हो।

यसैगरी इलाका प्रहरी कार्यालय धरानबाट चेकँजाचमा खटिएको प्रहरी टोलीले धरान उप–महानगरपालिका–११ का ४८ बर्षीय बिर बहादुर भुजेललाई ३ ग्राम ६६ मिलिग्राम ब्राउन सुगर, धरान–५ का २५ बर्षीय दिपेश लिम्बुलाई ट्याब्लेट–४ सय ६५ र क्याप्सुल ५ सय १५ सहित र अस्थायी प्रहरीबिट जोरसखुवाबाट खटिएको प्रहरी टोलीले धरान–१६ का १८ बर्षीय सुमन श्रेष्ठलाई ट्रामाडोल–२ सय ७ क्याप्सुल र प्रतिबन्धित औषधी स्पास्पेन–२ सय ६० चक्की सहित नियन्त्रणमा लिएको हो ।

प्रतिबन्धित लागु पदार्थ सहित पक्राउ परेका सबैजनाको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भई रहेको छ ।

The post प्रतिबन्धित लागुपदार्थ सहित ८ जना प्रहरीको नियन्त्रणमा appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register