महिला सशक्तीकरणमा नबिल बैङ्कको अग्रसरता : देशव्यापी ७ कार्यक्रम सम्पन्न

काठमाडौं । नबिल बैङ्कले सोमबार काठमाडौंमा ‘वुमन इन मोसन–एक्सिलेरेट एक्सन’ कार्यक्रम सम्पन्न गरेको छ । महिला सशक्तीकरण, क्षमता अभिवृद्धि, समावेशिता, लैङ्गिक समानता तथा सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ नबिल बैङ्कले उक्त कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रमको उद्घाटन बैङ्कको स्वतन्त्र निर्देशक सरिता भट्ट अधिकारीले गरेका थिए । नबिल बैङ्कका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले महिलाहरूको सशक्तीकरण, क्षमता अभिवृद्धि […]

Apr 2, 2025 - 11:19
 0
महिला सशक्तीकरणमा नबिल बैङ्कको अग्रसरता : देशव्यापी ७ कार्यक्रम सम्पन्न

काठमाडौं । नबिल बैङ्कले सोमबार काठमाडौंमा ‘वुमन इन मोसन–एक्सिलेरेट एक्सन’ कार्यक्रम सम्पन्न गरेको छ । महिला सशक्तीकरण, क्षमता अभिवृद्धि, समावेशिता, लैङ्गिक समानता तथा सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ नबिल बैङ्कले उक्त कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रमको उद्घाटन बैङ्कको स्वतन्त्र निर्देशक सरिता भट्ट अधिकारीले गरेका थिए । नबिल बैङ्कका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले महिलाहरूको सशक्तीकरण, क्षमता अभिवृद्धि र अवसर प्रदानका लागि बैङ्क प्रतिबद्ध रहेको बताएका छन् ।

उनले बैङ्किङ क्षेत्रमा महिलाहरूका लागि केही अप्ठ्याराहरू भए पनि त्यसलाई समाधान गर्दै अघि बढ्नुको विकल्प नरहेको बताए ।

“हामी लैङ्गिक समानता कायम गर्न प्रतिबद्ध छौँ, लैङ्गिक समावेशिता कायम भयो भने सबै क्षेत्रमा सकारात्मक प्रभाव पर्छ”, अध्यक्ष पौडेलले भने । पौडेलले विश्वको इतिहास हेर्दा पनि महिलालाई पुरुषको तुलनामा कम पारिश्रमिक दिने गरेको उल्लेख गर्दै पछिल्लो समय भने यो परिवर्तन भइरहेको बताए ।

“अहिले पनि कार्यस्थलहरूमा महिलाविरुद्ध हिंसाका घटना भइरहेका छन्, केही चुनौती पनि छन्, यी समस्याहरू नेपालले पहिचान गरी समाधानको बाटोमा अघि बढिसकेको छ”, उनले भने, “नबिल बैङ्क पनि महिलाहरूलाई उच्च नेतृत्वमा ल्याउन र निर्णायक भूमिका दिन र अवसर सृजना गर्ने विषयमा सकारात्मक छ ।”

उनले आर्थिक विकासमा महिलाको सहभागिताको महत्वलाई बुझ्दै समाजमा लामो समयदेखि रहेको असमानताको अवशेषलाई हटाउनुपर्नेमा जोड दिए ।

त्यस अवसरमा नबिल बैङ्कका कायममुकायम प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले बैङ्किङ क्षेत्रमा महिलाहरूको नेतृत्व बढाउन जरुरी रहेकामा जोड दिए । उनले बैङ्किङ क्षेत्रको नेतृत्वमा अझै पनि महिलाहरूको प्रतिनिधित्व कम भएको उल्लेख गर्दै यस प्रकारका कार्यक्रमले महिला सहभागिता बढाउन र उत्प्रेरणाका लागि महत्त्वपूर्ण भूमिका खेल्नेमा विश्वास व्यक्त गरे ।

कार्यक्रमकी प्रमुख अतिथि तथा नेपाल सुपर लिगकी अध्यक्ष आश्रयता कार्की चौधरीले नबिल बैङ्कले आयोजना गरेको कार्यक्रम लैङ्गिक समानता कायमको लक्ष्य प्राप्तिमा महत्त्वपूर्ण पहल भएको बताइन् ।

“नबिल बैङ्कले महिलाको सशक्तीकरणमा लगानी गरी कार्यस्थल समावेशी बनाउनेदेखि मुलुकको बृहत् आर्थिक विकासमा समेत ठुलो सहयोग गरेको छ”, उनले भनिन्, “नबिललाई आजका दिनसम्म ल्याउनमा महिलाहरूको ठुलो भूमिका भएको मैले पाएकी छु ।”

महिलाहरूको सशक्तीकरणमा पुरुषहरूको भूमिका महत्त्वपूर्ण हुने बताउँदै उनले आफ्नो घर, कार्यस्थल तथा समाजमा महिलाहरूको साथ दिन सबैलाई आग्रह गरिन् ।

“महिलाहरूका लागि खेलकुद, बैङ्किङ वा कुनै पनि क्षेत्रमा दिगो भविष्य निर्माण गर्न केवल अवसर मात्र पर्याप्त हुँदैन, यसका लागि संस्कृतिमा पनि परिवर्तन आवश्यक छ, हामीले साना उमेरदेखि नै किशोरीहरूमा लगानी गर्नुपर्छ, तिनीहरूलाई बिना डर सङ्कोच आफ्नो रहरहरू पछ्याउन प्रोत्साहित गर्नुपर्छ”, उनले भनिन् ।

महिलाहरूको सहभागिताले सीप र विज्ञताका साथै नयाँ दृष्टिकोण, सोच र सहकार्य पनि ठुलो प्रभाव पार्ने उनको भनाइ थियो । उनले पुरुषहरूको बाहुल्य रहेको समाजमा एक्लै हिँड्न नसकिने भन्दै लक्ष्य प्राप्तिका लागि सञ्जाल निर्माण र सहकार्य जरुरी भएको बताइन् ।

कार्यक्रममा ‘द सि–सिफ्ट ः नेभिगेटिङ ब्यारियर्स एन्ड क्याटलाइजिङ लिडरसीप’ शीर्षकको समूहगत छलफलका क्रममा वक्ताहरूले महिलाहरूले पनि विभिन्न क्षेत्रको नेतृत्व लिन सक्ने र त्यसका लागि योग्य भएकामा जोड दिए ।

छलफलका क्रममा  पर्यावरण अभियन्ता सिलसिला आचार्य, रोजी कट्टेल र डा. रामजी रामले महिलाको सहभागिता, सशक्तीकरण र अवसर सृजनालगायतका क्षेत्रमा धारणा राखेका थिए भने कान्तिपुरका वरिष्ठ उप–सम्पादक यज्ञ बन्जाडे मध्यस्थकर्ताको भूमिकामा थिए ।

कार्यक्रममा नबिलका उच्चपदाधिकारीहरुका साथ दुई सयभन्दा बढी महिला तथा पुरुष कर्मचारीहरूको सहभागिता थियो ।

नबिल बैङ्कले यसबाहेक पनि महिलाका विषयलाई केन्द्रित गरी मार्च महिनाभर विभिन्न  कार्यक्रम आयोजना गरिसकेको छ । बैङ्कले लैङ्गिक समानता प्रवर्द्धन, महिला सशक्तीकरण, जनचेतना अभिवृद्धि, व्यक्तिगत क्षमता अभिवृद्धि र सहयोगी समुदाय निर्माणको उद्देश्यले विभिन्न कार्यक्रम आयोजना गरेको जनाएको छ ।

बैङ्कले आयोजना गरेको मार्च इन टु वेलनेस कार्यक्रमबाट काठमाडौं उपत्यका र बाहिरका गरी ३५ महिला कर्मचारी लाभान्वित भएका थिए भने वेलविइङ अफ वुमन सेसनमार्फत उपत्यकामा कार्यरत १०० महिला कर्मचारीले लाभ लिएका थिए ।

बैङ्कले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा देशव्यापी बृहत् र्‍याली आयोजना गरेको थियो । जसमा नबिल बैङ्कका मुलुकभर रहेको विभिन्न शाखामा कार्यरत एक हजार २०० सयभन्दा बढी कर्मचारीको सहभागिता थियो ।

बैङ्कले कार्यस्थलमा हुने हिंसाजन्य गतिविधि र रोकथामका उपायका सम्बन्धमा कोशी प्रदेशमा ६८ जना महिला कर्मचारी सम्मिलित कार्यक्रम आयोजना गरेको थियो ।

साथै मधेस प्रदेशमा सुरक्षित र मर्यादित कार्यस्थल शीर्षकको कार्यक्रम आयोजना गरी ५० जना कर्मचारीलाई अभिवृद्धि गरेको थियो । साथै नबिलले बैङ्कमा कार्यरत सबै कर्मचारीलाई लक्षित गरी रजस्वलाको विषय र चुनौतीका सम्बन्धमा कार्यक्रम आयोजना गरेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register