बाँकेको बालसुधार गृहमा भएको झडपमा संलग्न ५० जना प्रहरीको नियन्त्रणमा

काठमाडौं । बाँकेको बालसुधार गृहमा झडप भएको घटनामा प्रहरीले झण्डै ५० जनालाई नियन्त्रणमा लिएको छ । जिल्लाको डुडुवामा रहेको जयेन्दु बालसुधार गृहमा शुक्रबार राति भएको झडपमा ६ जना घाइते भएका थिए । झडपपछि प्रहरीले ५० जनालाई नियन्त्रणमा लिएको बताएको छ । एउटा समूहले अर्को समूहका बालबन्दीलाई बाहिर निस्किन नदिएपछि प्रहरी टोली भित्र जान खोज्दा ढुङ्गामुढा […]

Mar 15, 2025 - 12:53
 0
बाँकेको बालसुधार गृहमा भएको झडपमा संलग्न ५० जना प्रहरीको नियन्त्रणमा

काठमाडौं । बाँकेको बालसुधार गृहमा झडप भएको घटनामा प्रहरीले झण्डै ५० जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्लाको डुडुवामा रहेको जयेन्दु बालसुधार गृहमा शुक्रबार राति भएको झडपमा ६ जना घाइते भएका थिए ।

झडपपछि प्रहरीले ५० जनालाई नियन्त्रणमा लिएको बताएको छ । एउटा समूहले अर्को समूहका बालबन्दीलाई बाहिर निस्किन नदिएपछि प्रहरी टोली भित्र जान खोज्दा ढुङ्गामुढा समेत भएको थियो ।

शनिबार दिउँसो मात्रै प्रहरी बालसुधार गृहभित्र पसेर एउटा समूहको नियन्त्रणमा रहेका बालबन्दीलाई मुक्त गरेको छ ।

बालसुधार गृहमा २ सय ५० बालबन्दी रहेका छन् । यही  बालसुधार गृहमा गत वर्ष दुई समूहबीच झडप हुँदा एक जनाको ज्यान गएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register