सुरेश रजकको पोस्टमार्टममा जलेर मृत्यु भएको पुष्टि, परिवारले बुझे शव

काठमाडौं । गत शुक्रबार काठमाडौंको तीनकुनेमा भएको राजावादी प्रदर्शनका क्रममा आगजनीमा परेर मृत्यु भएका पत्रकार सुरेश रजकको शव पोस्टमार्टमपछि परिवारले बुझेका छन् । बुधबार त्रिवि शिक्षण अस्पतालमा रजकको शव पोस्टमार्टमपछि परिवारलाई हस्तान्तरण गरिएको हो । पोस्टमार्टमका क्रममा रजकको जलेर मृत्यु भएको देखिएको अस्पतालले जनाएको छ । सअघि सुरेश रजकलाई गोली लागेको हल्ला चलेपछि एक्स–रे समेत […]

Apr 2, 2025 - 14:42
 0
सुरेश रजकको पोस्टमार्टममा जलेर मृत्यु भएको पुष्टि, परिवारले बुझे शव

काठमाडौं । गत शुक्रबार काठमाडौंको तीनकुनेमा भएको राजावादी प्रदर्शनका क्रममा आगजनीमा परेर मृत्यु भएका पत्रकार सुरेश रजकको शव पोस्टमार्टमपछि परिवारले बुझेका छन् ।

बुधबार त्रिवि शिक्षण अस्पतालमा रजकको शव पोस्टमार्टमपछि परिवारलाई हस्तान्तरण गरिएको हो । पोस्टमार्टमका क्रममा रजकको जलेर मृत्यु भएको देखिएको अस्पतालले जनाएको छ ।

सअघि सुरेश रजकलाई गोली लागेको हल्ला चलेपछि एक्स–रे समेत गरिएको थियो । एक्स–रेमा गोली लागेको नदेखिएपछि बुधबार पोस्टमार्टम गरिएको हो ।

घटनाको पाँचौ दिन पोस्टमार्टमपछि शिक्षण अस्पताल, नारायण गोपाल चोक, बालाजु हुँदै नयाँबजारसम्म शव यात्रा गरिएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register