सहकारी ठगीमा मुछिएकी ऋषिकेश पत्नी अञ्जलालाई धरौटीमा छाड्न अदालतको आदेश

काठमाडौं । सहकारी ठगी प्रकरणमा मुछिएकी प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिकी सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइरालालाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । मोरङको धनपालथानस्थित उमागौरी सहकारी संस्थाको रकम हिनामिनामा मुछिएकी कोइराला बुधबार मात्रै अदालतमा हाजिर भएकी थिइन् । न्यायाधीश उद्धवप्रसाद भट्टराईको एकल इजलासले १० लाख धरौटीमा छाड्न आदेश दिएको सूचना अधिकारी हेमबहादुर बुढाथोकीले […]

Jan 8, 2025 - 12:00
 0
सहकारी ठगीमा मुछिएकी ऋषिकेश पत्नी अञ्जलालाई धरौटीमा छाड्न अदालतको आदेश

काठमाडौं । सहकारी ठगी प्रकरणमा मुछिएकी प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिकी सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइरालालाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।

मोरङको धनपालथानस्थित उमागौरी सहकारी संस्थाको रकम हिनामिनामा मुछिएकी कोइराला बुधबार मात्रै अदालतमा हाजिर भएकी थिइन् ।

न्यायाधीश उद्धवप्रसाद भट्टराईको एकल इजलासले १० लाख धरौटीमा छाड्न आदेश दिएको सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।

गत मङ्सिर २७ गते सहकारीको २२ करोड ४८ लाख २७ हजार ७ सय रूपैयाँ हिनामिना प्रकरणमा दोषी करार गर्दै जिल्ला सरकारी वकिलको कार्यालय मोरङले मुद्दा दायर गरेपछि अञ्जला फरार थिइन् ।

अदालतले पुस २ मा पक्राउ पुर्जी जारी गरेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register