शिक्षकले पाएनन् छ महिनादेखि तलब

मान्म । कालीकोटको खाँडाचक्र नगरपालिकाका शिक्षक कर्मचारीहरुले छ महिनादेखि तलब पाएका छैनन् । नगरपालिका भित्रका ३९ सामुदायिक विद्यालयका शिक्षक कर्मचारीले तलब नपाएका हुन् । चुलिमालिका मावि घोडेनाका प्रधानाध्यापक दीपबहादुर शाहीले छ महिनादेखि तलब सुविधा नपाएको बताए । “तलब नपाएका कारणले बाध्य भएर ज्ञापनपत्र बुझाएका छौँ”, उनले भने, “असोजदेखि तलब भत्ताका नाममा एक पैसा पाउन सकेका […]

Apr 3, 2025 - 11:09
 0
शिक्षकले पाएनन् छ महिनादेखि तलब

मान्म । कालीकोटको खाँडाचक्र नगरपालिकाका शिक्षक कर्मचारीहरुले छ महिनादेखि तलब पाएका छैनन् । नगरपालिका भित्रका ३९ सामुदायिक विद्यालयका शिक्षक कर्मचारीले तलब नपाएका हुन् ।

चुलिमालिका मावि घोडेनाका प्रधानाध्यापक दीपबहादुर शाहीले छ महिनादेखि तलब सुविधा नपाएको बताए । “तलब नपाएका कारणले बाध्य भएर ज्ञापनपत्र बुझाएका छौँ”, उनले भने, “असोजदेखि तलब भत्ताका नाममा एक पैसा पाउन सकेका छैनौँ ।”

तलब नपाउँदा आफ्नो दैनिक जनजीवन नै प्रभावित हुने गरेको शिक्षक पवित्राकुमारी शाहीको जानकारी दिए । “संसारमा काम गरेको घण्टाको हिसाबले तलब पाउँछन्,” उनले भने, “हामीले भने काम गरेको तलब पाउन पनि छ महिना कुर्नुपर्छ ।”

शिक्षकहरूको हकमा भने पहिला–पहिला चार/चार महिनामा र अचेल तीन/तीन महिनामा तलब दिने गरिएकामा पनि नगरपालिकाले दोस्रो त्रैमासिक र तेस्रो त्रैमासिकको तलबभत्ता नदिएको शिक्षकहरुको भनाइ छ ।

नगरपालिकामा पहिल्यैदेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा र नयाँ लेखापाल तालिममा गएका कारण नगरपालिकाको आर्थिक गतिविधि ठप्प रहेको नगर प्रमुख कमलबहादुर शाहीले बताए । उनले शिक्षकको हकमा आफू पनि चिन्तित रहेको जनाउँदै शिक्षकको तलबभत्ता छिटो हाल्न कर्मचारीलाई निर्देशन दिइसकेको बताए ।

शिक्षकहरुको दोस्रो त्रैमासिक र तेस्रो त्रैमासिकको निकासा दिनका लागि आफूले लेखा शाखामा फाइल पुर्‍याएको तर भुक्तानी नगरेको शिक्षा शाखा प्रमुख बलराज शाहीको भनाइ छ । रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register