सरकारको काम प्रचारमा काङ्ग्रेसले कार्यकर्ता खटाउने

भैरहवा । नेपाली काङ्ग्रेसले सरकारको कामकारबाहीको प्रचारका लागि कार्यकर्ता परिचालन गर्ने भएको छ । आफु नेतृत्वको सरकारका पालमा भएका काम र  गठबन्धन सरकारमा सहभागी हुँदा काङ्ग्रेसले गरेको कामको प्रचारका लागि कार्यकर्ता परिचालन गर्ने भएको हो । आफूहरूले गरेको कामको प्रभावकारी प्रचार नहुँदा प्रतिस्पर्धी दलले लाभ उठाएको भन्दै काङ्ग्रेसले अगुवाइ गरेको कामकारबाही जनतालाई बुझाउने अभियान सञ्चालन […]

Mar 3, 2025 - 06:57
 0
सरकारको काम प्रचारमा काङ्ग्रेसले कार्यकर्ता खटाउने

भैरहवा । नेपाली काङ्ग्रेसले सरकारको कामकारबाहीको प्रचारका लागि कार्यकर्ता परिचालन गर्ने भएको छ ।

आफु नेतृत्वको सरकारका पालमा भएका काम र  गठबन्धन सरकारमा सहभागी हुँदा काङ्ग्रेसले गरेको कामको प्रचारका लागि कार्यकर्ता परिचालन गर्ने भएको हो । आफूहरूले गरेको कामको प्रभावकारी प्रचार नहुँदा प्रतिस्पर्धी दलले लाभ उठाएको भन्दै काङ्ग्रेसले अगुवाइ गरेको कामकारबाही जनतालाई बुझाउने अभियान सञ्चालन हुन लागेको हो।

सोमबार भैरहवामा आयोजित नेपाली काङ्ग्रेस राष्ट्रिय प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रममा बोल्दै उपसभापति पूर्णबहादुर खड्काले प्रशिक्षणपछि मतदाता समक्ष पुग्ने अभियान सञ्चालन हुने बताए ।‘हामीले गरेका कामकारबाही र योजनाबारे जनतालाई हामीले प्रभावकारी रूपमा प्रस्ट नपार्दा हाम्रा प्रतिस्पर्धीहरूले त्यसको लाभ पाए । यो प्रशिक्षण काङ्ग्रेसले गरेका काम र योजनाबारे बुझाउने र मतदाता समक्ष लाने योजनबारे पनि केन्द्रित छ । प्रशिक्षणपछि वडा वडासम्म पुगेर काङ्ग्रेस सरकारमा सहभागी हुँदा गरेका कामबारे मतदातालाई बुझाउन सबै जना खटिनुहुनेछ,’ उनले भने ।

पार्टीलाई एक ढिक्का बनाउँदै २०८४ को चुनावमा बहुमत ल्याउने गरी अघि बढ्नुपर्ने उनले बताए । ‘२०८४ मा सभापति शेरबहादुर देउवाको नेतृत्वमा एक ढिक्का भएर निष्ठापूर्वक र अनुशासनको लेपमा बसेर जानुपर्छ,  उनले भने, ‘सङ्घ, प्रदेश र स्थानीय तहमा बहुमतको सरकार बनाउने अभियानमा हामी जानुपर्छ ।’

पार्टीभित्रको प्रतिस्पर्धालाई आत्मीय बनाउँदै अघि बढ्नुपर्ने उनले बताए । अभिमुखीकरण कार्यक्रम जनतामा जाने अभियानमा केन्द्रित रहेको उनको भनाइ छ । क्षेत्रीय सभापतिलाई अभिमुखीकरण दिने र उनीहरूले जिल्ला, पालिका र वडासम्म अभियान लिएर अघि बढ्ने खड्काले बताए ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register