गणतन्त्रको पक्ष र संघीयता खारेजीको माग गर्दै जनमोर्चाद्वारा आन्दोलन घोषणा

काठमाडौं । राष्ट्रिय जनमोर्चाले यही चैत २४ गतेदेखि राजधानीकेन्द्रित एक हप्ते आन्दोलनको घोषणा गरेको छ । काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जनमोर्चाले गणतन्त्र तथा राष्ट्रियताको रक्षा र संघीयता खारेजी निम्ति भन्दै चैत २४ देखि ३० गतेसम्म जनपरिचालनसहितको आन्दोलन घोषणा गरेको हो । जनमोर्चाले आन्दोलनका क्रममा प्रत्येक दिन राजधानीका शान्तिबाटिका, चाबहिल चोक, माइतीघर मण्डला, गोंगबु चौक, न्यूरोड […]

Apr 4, 2025 - 12:56
 0
गणतन्त्रको पक्ष र संघीयता खारेजीको माग गर्दै जनमोर्चाद्वारा आन्दोलन घोषणा

काठमाडौं । राष्ट्रिय जनमोर्चाले यही चैत २४ गतेदेखि राजधानीकेन्द्रित एक हप्ते आन्दोलनको घोषणा गरेको छ । काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जनमोर्चाले गणतन्त्र तथा राष्ट्रियताको रक्षा र संघीयता खारेजी निम्ति भन्दै चैत २४ देखि ३० गतेसम्म जनपरिचालनसहितको आन्दोलन घोषणा गरेको हो ।

जनमोर्चाले आन्दोलनका क्रममा प्रत्येक दिन राजधानीका शान्तिबाटिका, चाबहिल चोक, माइतीघर मण्डला, गोंगबु चौक, न्यूरोड (भूगोल पार्क) र भृकुटीमण्डपमा जुलुस, सभा, सांस्कृतिक कार्यक्रम र प्रचारात्मक अभियान सञ्चालन गर्नेछ ।

यस्तै प्रत्येक दिन दिउँसो २ बजे हुने कार्यक्रममा प्रमुख वक्ताका रूपमा अध्यक्ष चित्रबहादुर केसी, नेता बोमबहादुर खत्री, महासचिव मनोज भट्ट, ने.क.पा. (मसाल) लुम्बिनी प्रदेश प्रवक्ता तिलक जिसी, सल्लाहकार आनन्द शर्मा तथा उपाध्यक्ष दुर्गा पौडेल लगायतका नेताहरूले सम्बोधन गर्ने जानकारी दिइएको छ ।

आन्दोलन घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष चित्रबहादुर केसीले राष्ट्रियता र आर्थिक स्थायीत्वका लागि संघीयता ठूलो बोझ भएकाले खारेजी गर्नुपर्ने बताए । यद्यपि, राजतन्त्रभन्दा गणतन्त्र नै देशको आवश्यक्ता भएकाले राष्ट्रियता र गणतन्त्रको पक्षमा आन्दोलनको कार्यक्रम घोषणा गरेको अध्यक्ष केसीको भनाइ छ ।

‘गणतन्त्र नेपाली जनताले ठूला सङ्घर्ष र बलिदानपछि स्थापित गरेका हुन् । यसलाई ध्वस्त पार्ने षड्यन्त्रलाई परास्त गर्न हामी निरन्तर संघर्षरत छौं,’ अध्यक्ष केसीले भने, ‘संघीयता नेपालको राष्ट्रियता र आर्थिक स्थायित्वका लागि ठूलो बोझ बनेको छ, त्यसैले यसको खारेजी जरुरी छ ।’

उनले पूर्वराजा ज्ञानेन्द्र शाहका पछिल्ला गतिवविधिहरूले प्रतिगमनको गम्भीर संकेत गरेको बताए । ‘फागुन ७ गतेको सन्देश, फागुन २५ गते आयोजित राजावादी शक्ति प्रदर्शन, र चैत्र १५ गतेको हिंसात्मक घटना प्रतिगमनका गम्भीर संकेत हुन्,’ उनले भने ।

त्यसैले सम्पूर्ण गणतन्त्रवादी शक्तिहरूबीच सहकार्यको आवश्यकता रहेको राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसीको भनाइ छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register