के हो इन्टरमिटेन्ट फास्टिङ ? जानौँ फाइदा

काठमाडौं । स्वस्थ रहनको लागि सक्रिय जीवनशैली र स्वस्थ आहार आवश्यक छ, तर तपाईंले कुन समयमा खाना खानुहुन्छ, त्यो पनि उत्तिकै महत्त्वपूर्ण छ । त्यसैले धेरै मानिसले इन्टरमिटेन्ट फास्टिङ रोजिरहेका छन् । यसमा तपाईंले सीमित समयभित्र मात्र खाना खानुपर्छ र बाँकी समय उपवास गर्नुपर्छ । तौल घटाउन र राम्रो स्वास्थ्यको लागि आजकाल इन्टरमिटेन्ट फास्टिङ निकै […]

Apr 4, 2025 - 12:56
 0
के हो इन्टरमिटेन्ट फास्टिङ ? जानौँ फाइदा

काठमाडौं । स्वस्थ रहनको लागि सक्रिय जीवनशैली र स्वस्थ आहार आवश्यक छ, तर तपाईंले कुन समयमा खाना खानुहुन्छ, त्यो पनि उत्तिकै महत्त्वपूर्ण छ । त्यसैले धेरै मानिसले इन्टरमिटेन्ट फास्टिङ रोजिरहेका छन् । यसमा तपाईंले सीमित समयभित्र मात्र खाना खानुपर्छ र बाँकी समय उपवास गर्नुपर्छ ।

तौल घटाउन र राम्रो स्वास्थ्यको लागि आजकाल इन्टरमिटेन्ट फास्टिङ निकै लोकप्रिय भइरहेको छ, तर के यो वास्तवमै स्वास्थ्यको लागि फाइदाजनक छ ?

इन्टरमिटेन्ट फास्टिङ एउटा खानपानको तरिका हो, जसमा तपाईंले खाने र उपवासको चक्रलाई पालना गर्नुहुन्छ । यसमा तपाईंले केही समयसम्म केही पनि खानुहुन्न र बाँकी समयमा सामान्य रूपमा खान सक्नहुन्छ । यस्तो उपवासका धेरै तरिका छन्, जस्तै १६/८ विधि (दिनमा १६ घण्टा उपवास र ८ घण्टा खाने समय), ५/२ विधि (हप्तामा ५ दिन सामान्य रूपमा खाने र २ दिन कम क्यालोरी भएको खाना खाने) आदि ।

फाइदा

१.तौल घटाउन मद्दत : इन्टरमिटेन्ट फास्टिङको समयमा क्यालोरीको सेवन कम गरिन्छ जसले गर्दा तौल घटाउन मद्दत मिल्छ ।

२.मेटाबोलिज्म बढाउँछ : इन्टरमिटेन्ट फास्टिङले मेटाबोलिज्मलाई बढाउन सक्छ, जसले बोसो पग्लिने प्रक्रियालाई तीव्र बनाउन सक्छ ।

३. इन्सुलिन संवेदनशीलता सुधार : इन्टरमिटेन्ट फास्टिङले इन्सुलिन प्रतिरोधलाई कम गर्न मद्दत गर्छ, जसले टाइप–२ मधुमेहको जोखिम कम गर्छ ।

४. मुटुको स्वास्थ्यमा सुधार : इन्टरमिटेन्ट फास्टिङले खराब कोलेस्ट्रोल कम गर्न सक्छ र रक्तचापलाई नियन्त्रण गर्न सक्छ, जसले मुटुको स्वास्थ्यमा सुधार गर्छ ।

५. अटोफेजी प्रक्रिया बढाउँछ : इन्टरमिटेन्ट फास्टिङले अटोफेजी प्रक्रियालाई सहयोग गर्छ, जसमा कोशिकाहरूले क्षतिग्रस्त प्रोटिन र कोशिकाहरूलाई फालेर शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ ।

६. दिमागको स्वास्थ्यमा सुधार : इन्टरमिटेन्ट फास्टिङले दिमागको स्वास्थ्यलाई राम्रो बनाउन सक्छ र मस्तिष्क रोगहरूको जोखिम कम गर्न सक्छ ।

कस्तो अवस्थामा इन्टरमिटेन्ट फास्टिङ नगर्ने ?

गर्भवती महिला, स्तनपान गराउने महिला, किशोर, वृद्ध वृद्धा र केही चिकित्सकीय अवस्था भएका व्यक्तिहरूले इन्टरमिटेन्ट फास्टिङ गर्नुहुँदैन । इन्टरमिटेन्ट फास्टिङका धेरै फाइदा छन्, तर यो सबैको लागि उपयुक्त छैन ।

यदि तपाईं इन्टरमिटेन्ट फास्टिङ सुरु गर्ने सोचमा हुनुहुन्छ भने, आफ्नो डाक्टरसँग सल्लाह लिनुहोस् । साथै, उपवासको समयमा सही आहार लिइरहनुभएको छ कि छैन बिचार गर्नुहोस् र प्रशस्त पानी पिउनुहोस् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register