विदेशी मुद्रा : अस्ट्रेलियन डलर र पाउन्डको मूल्यमा घट्यो, अमेरिकी डलर, युरो र दिनार पनि सस्तिए

झापा, २३ चैत । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य घटेको छ। हिजो पनि धेरैजसो विदेशी मुद्राको मूल्य घटेको थियो। अन्य मुद्राको तुलनामा आज अस्ट्रेलियन डलर र पाउन्डको मूल्यमा भने व्यापक गिरावट आएको छ। आज [...] The post विदेशी मुद्रा : अस्ट्रेलियन डलर र पाउन्डको मूल्यमा घट्यो, अमेरिकी डलर, युरो र दिनार पनि सस्तिए appeared first on Jhapa Online.

Apr 5, 2025 - 01:52
 0
विदेशी मुद्रा : अस्ट्रेलियन डलर र पाउन्डको मूल्यमा घट्यो, अमेरिकी डलर, युरो र दिनार पनि सस्तिए

झापा, २३ चैत । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ।

आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य घटेको छ। हिजो पनि धेरैजसो विदेशी मुद्राको मूल्य घटेको थियो। अन्य मुद्राको तुलनामा आज अस्ट्रेलियन डलर र पाउन्डको मूल्यमा भने व्यापक गिरावट आएको छ।

आज अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ ०८ पैसा र बिक्रीदर १३६ रुपैयाँ ६८ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ ४० पैसा र बिक्रीदर १३७ रुपैयाँ थियो।

गएको माघ २५ गते अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ ४३ पैसा थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो।

त्यसैगरी, आज युरो १ को खरिददर १५० रुपैयाँ ३९ पैसा र बिक्रीदर १५१ रुपैयाँ ०५ पैसा छ। हिजो युरो १ को खरिददर १५० रुपैयाँ ८२ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४८ पैसा थियो।

त्यस्तै, आज पाउन्ड १ को खरिददर १७६ रुपैयाँ ८४ पैसा र बिक्रीदर १७७ रुपैयाँ ६२ पैसा छ। हिजो पाउन्ड १ को खरिददर १७९ रुपैयाँ ४५ पैसा र बिक्रीदर १८० रुपैयाँ २४ पैसा थियो।

त्यसैगरी, अस्ट्रेलियन डलर १ को खरिददर ८२ रुपैयाँ ५२ र बिक्रीदर ८२ रुपैयाँ ८८ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ५० र बिक्रीदर ८६ रुपैयाँ ८९ पैसा थियो।

त्यसैगरि कुबेती दिनार १ को खरिददर ४४२ रुपैयाँ ५१ पैसा र बिक्रीदर ४४४ रुपैयाँ ४६ पैसा छ। हिजो कुबेती दिनार १ को खरिददर ४४३ रुपैयाँ ३८ पैसा र बिक्रीदर ४४५ रुपैयाँ ३३ पैसा थियो।

आज बहराइन दिनार १ को खरिददर ३६० रुपैयाँ ९९ पैसा र बिक्रीदर ३६२ रुपैयाँ ८५ पैसा छ। हिजो बहराइन दिनार १ को खरिददर ३६१ रुपैयाँ ८३पैसा र बिक्रीदर ३६३ रुपैयाँ ४२ पैसा थियो।

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ।

The post विदेशी मुद्रा : अस्ट्रेलियन डलर र पाउन्डको मूल्यमा घट्यो, अमेरिकी डलर, युरो र दिनार पनि सस्तिए appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register