शिक्षकहरु आफैँ गर्छन् सरसफाई (तस्विरहरू)

काठमाडौँ । चैत २० गतेदेखि सुरु भएको शिक्षक अन्दोलन आइतबार पनि जारी छ । प्रदर्शनका लागि हरेक दिन ५००० भन्दा बढी शिक्षक माइतीघरमा भेला भएर बानेश्वर जाने गरेका छन् । गर्मीमा आन्दोलन गर्न बसेपछि तिर्खा लाग्ने, भोक लाग्ने त भइनै हाल्छ । तिर्खा लाग्दा पानी पिएपछि पानीको बोतल एउटा झोलामा राख्ने र खाएपछिको प्लास्टिकहरु पनि […]

Apr 6, 2025 - 12:45
 0
शिक्षकहरु आफैँ गर्छन् सरसफाई (तस्विरहरू)

काठमाडौँ । चैत २० गतेदेखि सुरु भएको शिक्षक अन्दोलन आइतबार पनि जारी छ । प्रदर्शनका लागि हरेक दिन ५००० भन्दा बढी शिक्षक माइतीघरमा भेला भएर बानेश्वर जाने गरेका छन् ।

गर्मीमा आन्दोलन गर्न बसेपछि तिर्खा लाग्ने, भोक लाग्ने त भइनै हाल्छ । तिर्खा लाग्दा पानी पिएपछि पानीको बोतल एउटा झोलामा राख्ने र खाएपछिको प्लास्टिकहरु पनि फोहोर नगरि एउटा झोलामा थुपार्ने गरेका छन् । यदि कसैले जथाभावी फोहोर गरेको छ भने उसलाइ सम्झाउँदै फोहोर सफा गरेको दृश्य आन्दोलनमा देख्न सकिन्छ ।

आन्दोलनमा आएको शिक्षकलाई मात्र होइन-पत्रकार, सर्वसाधारण, प्रहरी लगायतलाई बोटबिरुवा भएको ठाउँमा नजान अनुरोध गरेको दृश्य हामी सामाजिक सन्जालमा देख्न सक्छौँ ।

हजारौँको उपस्थिति हुँदापनि बोट बिरुवा नमासी, केही फोहोर नगरी आफ्नो प्रदर्शन गरेकोमा केही दिनअघि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आफ्नो सामाजिक संजाल मार्फत शिक्षकलाई धन्यवाद ज्ञापन समेत गरेका थिए । बाँकी तस्विरमा हेर्नुहोस्:

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register