हरिप्रसाद न्यौपानेको छैटौं कृति रमा स्मृतिकाव्यको विमोचन

भद्रपुर, २४ चैत । झापा भद्रपुरका श्रष्टा हरिप्रसाद न्यौपानेको छैटौं कृति रमा स्मृतिकाव्य चन्द्रगढीमा विमोचन गरिएको छ । लेखनाथ पुस्तकालय चन्द्रगढीको आयोजनामा शोक काव्यका रूपमा तयार भएको न्यौपानेको छैटौं कृति रमा स्मृतिकाव्यको विमोचन चन्द्रगढीमा गरिएको हो । पुस्तकालयकी कार्यवाहक सभापति खगेन्द्रा खुसीको अध्यक्षता तथा प्रा.डा. गंगाप्रसाद अधिकारीको प्रमुख आतिथ्यमा विमोचित काव्य १६ वटा लामा कवितामार्फत [...] The post हरिप्रसाद न्यौपानेको छैटौं कृति रमा स्मृतिकाव्यको विमोचन appeared first on Jhapa Online.

Apr 6, 2025 - 16:34
 0
हरिप्रसाद न्यौपानेको छैटौं कृति रमा स्मृतिकाव्यको विमोचन

भद्रपुर, २४ चैत । झापा भद्रपुरका श्रष्टा हरिप्रसाद न्यौपानेको छैटौं कृति रमा स्मृतिकाव्य चन्द्रगढीमा विमोचन गरिएको छ ।

लेखनाथ पुस्तकालय चन्द्रगढीको आयोजनामा शोक काव्यका रूपमा तयार भएको न्यौपानेको छैटौं कृति रमा स्मृतिकाव्यको विमोचन चन्द्रगढीमा गरिएको हो । पुस्तकालयकी कार्यवाहक सभापति खगेन्द्रा खुसीको अध्यक्षता तथा प्रा.डा. गंगाप्रसाद अधिकारीको प्रमुख आतिथ्यमा विमोचित काव्य १६ वटा लामा कवितामार्फत रमा न्यौपानेको जन्मदेखि मृत्युसम्मका घटनालाई काव्यात्मक भाव बनाइएको छ ।

सरकारी सेवा र सामाजिक गतिविधिमा संलग्न रमा न्यौपानेको गत असार ३१ गते ६४ वर्षको उमेरमा क्यान्सर रोगबाट निधन भएको थियो । पति ध्रुवप्रसाद न्यौपानेको पत्नी वियोगलाई काव्यात्मक भाव बनाएर प्रकाशित कृतिमा पारिवारिक नाताले जेठाजु रहेका हरिप्रसादले रमालाई स्मरण गर्दै काव्यका रूपमा तयार पारेका हुन् ।

प्रकाशित कृति बारेमा समीक्षा गर्दै सहप्राध्यापक चुडामणि वशिष्ठले पत्नी वियोगमा रहेका समग्र विदुर पतिहरूको पीडाका रूपमा काव्य तयार भएको बताए । सहप्राध्यापक वशिष्ठले जन्मिएपछि मृत्यु सत्य भए पनि उर्वर जीनका मरणले धेरैको मनमा वेदनाको चिसो पस्ने भएकोले काव्यमार्फत मन हलुङ्गो भएको अनुभूति पाठकले गर्न सक्ने प्रष्ट पारेका थिए । लता खरेलले सञ्चालन गरेको कार्यक्रममा स्वागत पुस्तकालयका कोषाध्यक्ष गोविन्द कोइरालाले गरेका थिए भने साहित्य सम्बद्ध विभिन्न स्रष्टाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

The post हरिप्रसाद न्यौपानेको छैटौं कृति रमा स्मृतिकाव्यको विमोचन appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register