बागमतीलाई हराउँदै पुलिस क्लब महिला गोल्डकपको सेमिफाइनलमा

इलाम, १८ फागुन । विभागीय टोली नेपाल पुलिस क्लब काठमाडौँ बाग्मती युथ क्लब सर्लाहीलाई हराउँदै इलाममा जारी दोस्रो संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित महिला गोल्डकपमा सेमिफाइनल प्रवेश गरेको छ । खेलको पहिलो हाफमा दुवै टोलिले गोल रहित बराबरी खेलेका थिए । पुलिसको तर्फबाट थुप्रै अवसर पाए पनि गोल हुन सकेको थिएन । दबाबमा रहेको बाग्मतीले पनि पाएको [...] The post बागमतीलाई हराउँदै पुलिस क्लब महिला गोल्डकपको सेमिफाइनलमा appeared first on Jhapa Online.

Mar 2, 2025 - 14:47
 0
बागमतीलाई हराउँदै पुलिस क्लब महिला गोल्डकपको सेमिफाइनलमा

इलाम, १८ फागुन । विभागीय टोली नेपाल पुलिस क्लब काठमाडौँ बाग्मती युथ क्लब सर्लाहीलाई हराउँदै इलाममा जारी दोस्रो संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित महिला गोल्डकपमा सेमिफाइनल प्रवेश गरेको छ ।

खेलको पहिलो हाफमा दुवै टोलिले गोल रहित बराबरी खेलेका थिए । पुलिसको तर्फबाट थुप्रै अवसर पाए पनि गोल हुन सकेको थिएन । दबाबमा रहेको बाग्मतीले पनि पाएको अवसरलाई गोल गर्न सकेन ।

दोस्रो हाफमा पनि दबाबमा राखेको पुलिसले खेल सञ्चालन भएको १५ औ मिनेटमा बाग्मतीका खेलाडीले डि बक्स एरियामा बल हातले छुँदा पेनाल्टीको अवसर पाएको पुलिसले पेनाल्टी मिस गर्न पुग्यो । राष्ट्रिय टिमकी डिफेन्डर समेत रहेकी पूजा रानाले पेनाल्टी प्रहारलाई गोल गर्न सकिनन् ।

निर्धारित समयमा दुवै टोलिले गोल गर्न नसकेपछी खेलको विजय टोली टाई ब्रेकरबाट निर्धारण गरिएको थियो । टाई ब्रेकरमा ३र१ गोल अन्तरले बाग्मती युथ क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लब सेमिफाइनल प्रवेश गरेको हो । ट्राई ब्रेकरमा पुलिसको तर्फबाट निरु थापाको प्रहार बाहिरिएको थियो भने बाग्मतीको तर्फबाट सेमि हाङ्मा लिम्बू, बिष्णु माया बल र अञ्जलि खवासको प्रहार लाई गोल रक्षक उषा नाथले बचाउ गर्दै सेमिफाइनल यात्रा तय गरेको हो ।

ओएसिस क्लब इलामको आयोजनामा अन्तर्राष्ट्रिय आमन्त्रित महिला गोडकपको दोस्रो संस्करण हिजोबाट सुरु भएको हो । फाइनल खेल आगामी फागुन २४ गते सम्पन्न हुनेछ । फाइनल जित्ने टोलिले नगद रु ४ लाख आकर्षक ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता बनेको टोलिले नगद रु २ लाखमा चित्त बुझाउने छ । त्यस्तै खेलाडीहरूलाई विधागत रुपमा समेत पुरस्कार रहेको आयोजकले जानकारी दिएको छ । भोलि विभागीय टोली त्रिभुवन आर्मी र डिफेन्डिङ च्याम्पियन मानेभञ्ज्याङबिच हुनेछ ।

The post बागमतीलाई हराउँदै पुलिस क्लब महिला गोल्डकपको सेमिफाइनलमा appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register