हर्क साम्पाङले भेटे प्रधानमन्त्री : धरानमा खानेपानी प्रबन्ध गर्ने प्रक्रिया अघि बढेको सरकारी दाबी

काठमाडौं । खानेपानीको समस्या लिएर सङ्घीय राजधानी आएका धरान उपमहानगरका मेयर हर्क साम्पाङले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको भेटमा साम्पाङले धरानमा खानेपानी आयोजना तत्काल अघि बढाउन माग गरे । जवाफमा प्रधानमन्त्री ओलीले धरानका बासिन्दालाई खानेपानी उपलब्ध गराउने प्रक्रिया अघि बढेको बताएका थिए । ‘धरानबासीले खानेपानी पाउनुपर्छ […]

Apr 7, 2025 - 13:18
 0
हर्क साम्पाङले भेटे प्रधानमन्त्री : धरानमा खानेपानी प्रबन्ध गर्ने प्रक्रिया अघि बढेको सरकारी दाबी

काठमाडौं । खानेपानीको समस्या लिएर सङ्घीय राजधानी आएका धरान उपमहानगरका मेयर हर्क साम्पाङले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको भेटमा साम्पाङले धरानमा खानेपानी आयोजना तत्काल अघि बढाउन माग गरे । जवाफमा प्रधानमन्त्री ओलीले धरानका बासिन्दालाई खानेपानी उपलब्ध गराउने प्रक्रिया अघि बढेको बताएका थिए ।

‘धरानबासीले खानेपानी पाउनुपर्छ । यो प्रक्रिया आजैदेखि अघि बढ्यो । यसका लागि सङ्घीय सरकारले बजेटको प्रबन्धलगायत अन्य विषयमा आवश्यक सहजीकरण गर्नेछ ।’, प्रधानमन्त्री ओलीले भने ।

खानेपानी आयोजनाका लागि विस्तृत परियोजना प्रतिवेदन यसअघि सङ्घीय सरकारले तयार गरिसकेको छ । यसैगरी, प्रधानमन्त्री ओलीले धरानको फोहोर व्यवस्थापनका लागि परम्परागत नभइ आधुनिक प्रविधियुक्त ल्याण्डफिल्डसाइट बनाउनुपर्ने समेत बताएका थिए ।

मेयर साम्पाङ खानेपानीका लागि दबाब दिन यसअघि रित्तो गाग्रीसहित सिंहदरबार पुगेका थिए ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register