चार देशीय T20I खेल्न हङकङ जाने नेपाली क्रिकेट टोलीको बिदाई

काठमाडौं । हङकङको आयोजनामा हुने चार देशीय T20I अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाई गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार राष्ट्रिय टिमको बिदाइ गरेको हो । नेपालले हङकङमा हुने चार देशीय T20I क्रिकेट प्रतियोगिताका लागि शनिबार रोहित पौडेलको  कप्तानीमा १४ सदस्यीय अन्तिम टोलीको घोषणा गरेको थियो । छनोट भएका खेलाडीमा […]

Apr 7, 2025 - 13:24
 0
चार देशीय T20I खेल्न हङकङ जाने नेपाली क्रिकेट टोलीको बिदाई

काठमाडौं । हङकङको आयोजनामा हुने चार देशीय T20I अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाई गरिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार राष्ट्रिय टिमको बिदाइ गरेको हो ।

नेपालले हङकङमा हुने चार देशीय T20I क्रिकेट प्रतियोगिताका लागि शनिबार रोहित पौडेलको  कप्तानीमा १४ सदस्यीय अन्तिम टोलीको घोषणा गरेको थियो ।

छनोट भएका खेलाडीमा आसिफ शेख, कुशल भुर्तेल, लोकेश बम, बसिर अहमद, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलशन झा, सोमपाल कामी, करण केसी, नन्दन यादव, ललित राजवंशी, शाहव आलम र रिजन ढकाल छन् ।

बसिरले २ र नन्दनले ३ वर्षपछि राष्ट्रिय टोलीमा पुनरागमन गरेका हुन् । प्रतियोगितामा नेपालले बुधबार कतार, बिहीबार कुवेत र आउँदो शनिबार हङकङसँग खेल्दैछ ।

 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register