दुर्गा प्रसाईंको पत्तो छैन, उनका दाजु प्रहरी नियन्त्रणमा

काठमाडौं । चैत १५ गतेको घटनापछि फरार रहेका राजावादी अभियानका कमान्डर दुर्गा प्रसाईंका दाजु राकेश प्रसाईंलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपील राज बोहराका अनुसार राकेशलाई सोधपुछका लागि प्रहरी कार्यालयमा उपस्थित गराइएको हो । रोकशलाई सोमबार प्रहरीले नियन्त्रणमा लिएको हो । प्रदर्शनमा उच्छृंखल गतिविधि गरेको तथा तोडफोड गरेको […]

Apr 7, 2025 - 16:00
 0
दुर्गा प्रसाईंको पत्तो छैन, उनका दाजु प्रहरी नियन्त्रणमा

काठमाडौं । चैत १५ गतेको घटनापछि फरार रहेका राजावादी अभियानका कमान्डर दुर्गा प्रसाईंका दाजु राकेश प्रसाईंलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपील राज बोहराका अनुसार राकेशलाई सोधपुछका लागि प्रहरी कार्यालयमा उपस्थित गराइएको हो ।

रोकशलाई सोमबार प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रदर्शनमा उच्छृंखल गतिविधि गरेको तथा तोडफोड गरेको र गर्न उक्साएको आरोपमा प्रहरीले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री तथा सांसद धवल शमशेर राणा लगायतका करिब १ सय जनालाई पक्राउ गरेको छ ।

राजावादी आन्दोलनमा मुख्य कमान्डार रहेका दुर्गा प्रसाईं भने हिंसात्मक प्रदर्शन भएकै दिनदेखि फरार छन् । उनलाई प्रहरीले खोजी रहेको भए पनि कहाँ छन् भन्ने यकिन विवरण सार्वजनिक भइसकेको छैन । उनी पक्राउ पर्ने भएपछि भागेर भारत पुगेको आशंका गरिएको छ ।

उता राष्ट्रिय प्रजातन्त्र पार्टीले भने चैत २६ गते (भोलि) अर्को आन्दोलन गर्ने भएको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले उक्त आन्दोलनलाई शान्तिपूर्ण ढंगले सम्पन्न गर्ने गरी तयारी पूरा भएको बताएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register