त्रिदेशीय टी-२० आई शृंखलामा आज नेपालले नेदरल्याण्ड्ससँग खेल्दै

काठमाडौं ।  नेपालले आज स्कटल्याण्डमा जारी त्रिदेशीय टी-२०आई शृंखलाको आफ्नो पहिलो खेलमा नेदरल्याण्ड्ससँग खेल्दैछ। यो खेल ग्लासग्लोस्थित तितवूड मैदानमा बेलुका पौने ८ बजेदेखि सुरु हुनेछ। शृंखलाको पहिलो खेलमा आइतबार घरेलु टोली स्कटल्याण्डले नेदरल्याण्ड्सलाई ३९ रनले हराएको थियो। उक्त खेलमा १६१ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्स १२१ रनमा अलआउट भएको थियो। टी-२०आईमा नेपाल र नेदरल्याण्ड्स हालसम्म १३ […]

Jun 16, 2025 - 03:20
 0
त्रिदेशीय टी-२० आई शृंखलामा आज नेपालले नेदरल्याण्ड्ससँग खेल्दै

काठमाडौं ।  नेपालले आज स्कटल्याण्डमा जारी त्रिदेशीय टी-२०आई शृंखलाको आफ्नो पहिलो खेलमा नेदरल्याण्ड्ससँग खेल्दैछ। यो खेल ग्लासग्लोस्थित तितवूड मैदानमा बेलुका पौने ८ बजेदेखि सुरु हुनेछ।

शृंखलाको पहिलो खेलमा आइतबार घरेलु टोली स्कटल्याण्डले नेदरल्याण्ड्सलाई ३९ रनले हराएको थियो। उक्त खेलमा १६१ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्स १२१ रनमा अलआउट भएको थियो।

टी-२०आईमा नेपाल र नेदरल्याण्ड्स हालसम्म १३ पटक भिडेका छन्। यसमा नेदरल्याण्ड्सले ७ खेल जितेको छ भने नेपालले ५ खेलमा जित हासिल गरेको छ। एक खेल भने नतिजाविहीन टुंगिएको थियो।

यी दुई टोली पछिल्लोपटक सन् २०२४ जुनमा आईसीसी टी-२० विश्वकपको खेलमा भिडेका थिए, जहाँ नेदरल्याण्ड्स विजयी भएको थियो। त्यसअघि, मार्चमा कीर्तिपुरमा भएको त्रिदेशीय शृंखलाको फाइनलमा पनि नेपाल नेदरल्याण्ड्ससँग पराजित भएको थियो। फाइनलअघि भएको दुई खेलमा भने दुवै टोलीले १-१ जित निकालेका थिए।

टी-२०आई शृंखला आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको एकदिवसीय शृंखला सकिएपछि त्यही टोलीहरूबीच खेलिएको हो।

पुरमा भएको त्रिदेशीय शृंखलाको फाइनलमा नेपाल नेदरल्याण्ड्ससँग पराजित भएको थियो । फाइनलअघि भएको २ खेलमा भने दुवै टोलीले १-१ जित निकाले ।

खेलको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्ट्स टेलिभिजन र एडिआर स्पोर्ट्स च्यानलमार्फत युट्युबमा पनि हेर्न सकिनेछ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register