देशका अधिकाङ्श प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशका पहाडी भू–भागमा आङ्शिक बदली रही बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशमा पश्चिमी तथा स्थानीय वायुको आङ्शिक प्रभाव रहेको छ । आज (मङ्गलबार) कोशी प्रदेशलगायत बागमती र गण्डकीको पहाडी भू–भागमा आङ्शिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आङ्शिक बदली रहने विभागले जनाएको छ । […]

Apr 8, 2025 - 03:15
 0
देशका अधिकाङ्श प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशका पहाडी भू–भागमा आङ्शिक बदली रही बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार देशमा पश्चिमी तथा स्थानीय वायुको आङ्शिक प्रभाव रहेको छ ।

आज (मङ्गलबार) कोशी प्रदेशलगायत बागमती र गण्डकीको पहाडी भू–भागमा आङ्शिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आङ्शिक बदली रहने विभागले जनाएको छ ।

विभागका अनुसार कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका थोरै स्थान तथा देशका बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

आज राति कोशी र मधेश प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आङ्शिक बदली रही बाँकी भू–भागमा आङ्शिक बदलीदेखि मौसम मूख्यतया सफा रहनेछ ।

कोशी र मधेश प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register