एकसाथ तीन किसिमका वायुले आज वर्षा र हिमपातको सम्भावना

झापा, २७ चैत । आज देशभर तर एक(दुई स्थानमा वर्षाको सम्भावना देखिको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले आज बिहान ६ बजे जारी गरेको प्रक्षेपणअनुसार दिउँसो मौसम देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। भनेको अलिअलि मात्र घाम देखिने सम्भावना छ। दिउँसो देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा र देशका एक वा दुई स्थानमा मेघगर्जन [...] The post एकसाथ तीन किसिमका वायुले आज वर्षा र हिमपातको सम्भावना appeared first on Jhapa Online.

Apr 9, 2025 - 03:10
 0
एकसाथ तीन किसिमका वायुले आज वर्षा र हिमपातको सम्भावना

झापा, २७ चैत । आज देशभर तर एक(दुई स्थानमा वर्षाको सम्भावना देखिको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले आज बिहान ६ बजे जारी गरेको प्रक्षेपणअनुसार दिउँसो मौसम देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। भनेको अलिअलि मात्र घाम देखिने सम्भावना छ। दिउँसो देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा र देशका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।

राति भने कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ भने उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना छ। मौसमविद्का अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त वायुको एकसाथ प्रभाव परिरहेको छ।

The post एकसाथ तीन किसिमका वायुले आज वर्षा र हिमपातको सम्भावना appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register