गणतन्त्र दिवसमा मैत्रीपूर्ण फुटबल आयोजना गरिने, विजेतालाई २५ केजीको खसी

बिर्तामोड, १२ जेठ । गणतन्त्र दिवसको अवसरमा जेठ १५ गते मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । प्रतियोगिता बिर्तामोडस्थित डोमालाल रंगशालामा हुन लागेको हो ।अखिल नेपाल खेलकुद महासंघ झापा र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)को संयुक्त आयोजना प्रतियोगिता हुन लागेको हो । बिहान ७ बजेदेखि प्रतियोगिता शुरु हुने अखिल नेपाल खेलकुद महासंघ [...] The post गणतन्त्र दिवसमा मैत्रीपूर्ण फुटबल आयोजना गरिने, विजेतालाई २५ केजीको खसी appeared first on Jhapa Online.

May 26, 2025 - 09:47
 0
गणतन्त्र दिवसमा मैत्रीपूर्ण फुटबल आयोजना गरिने, विजेतालाई २५ केजीको खसी

बिर्तामोड, १२ जेठ । गणतन्त्र दिवसको अवसरमा जेठ १५ गते मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

प्रतियोगिता बिर्तामोडस्थित डोमालाल रंगशालामा हुन लागेको हो ।
अखिल नेपाल खेलकुद महासंघ झापा र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)को संयुक्त आयोजना प्रतियोगिता हुन लागेको हो ।

बिहान ७ बजेदेखि प्रतियोगिता शुरु हुने अखिल नेपाल खेलकुद महासंघ झापाका इञ्चार्ज मदन खड्काले जानकारी दिए ।
मैत्रीपूर्ण खेलको प्रथम हुने टिमलाई २५ केजीको खसी र उपविजेतालाई १५ केजी लोकल कुखुरा प्रदान गरिने खेल संयोजक सुरेल आले मगरले बताए ।

प्रतियोगितामा आयोजक अखिल नेपाल खेलकुद महासंघ झापा, पिएलए, वाइसीएल, नेपाल राष्ट्रिय कर्मचारी संगठन, अनेरास्ववियु (क्रान्तिकारी) एउटा पोलमा र अर्को पोलमा पूर्वेली युवा क्लब, राजनीतिक दल, नेपाल पत्रकार महासंघ झापा, अखिल नेपाल ट्रेड युनियन महासंघ र बिर्तामोड उद्योग वाणिज्य संघ अर्को पोलमा रहने बताइएको छ ।

The post गणतन्त्र दिवसमा मैत्रीपूर्ण फुटबल आयोजना गरिने, विजेतालाई २५ केजीको खसी appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register