तीनकुने घटना : थप दुईजना पक्राउ

काठमाडौं । तीनकुनेमा चैत १५ गते भएको घटनामा संलग्न रहेको आरोपमा थप दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भोजपुरका ४५ वर्षीय दिलकुमार श्रेष्ठ र सिन्धुपाल्चोकका ३० वर्षीय जीतबहादुर श्रेष्ठ रहेका छन् । मङ्गलबार पक्राउ परेका उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले २० दिनको म्याद दिएको छ । यसअघि २० जनालाई १५ दिन […]

Apr 9, 2025 - 04:18
 0
तीनकुने घटना : थप दुईजना पक्राउ

काठमाडौं । तीनकुनेमा चैत १५ गते भएको घटनामा संलग्न रहेको आरोपमा थप दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भोजपुरका ४५ वर्षीय दिलकुमार श्रेष्ठ र सिन्धुपाल्चोकका ३० वर्षीय जीतबहादुर श्रेष्ठ रहेका छन् ।

मङ्गलबार पक्राउ परेका उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले २० दिनको म्याद दिएको छ ।

यसअघि २० जनालाई १५ दिन र ५३ जनालाई २० दिनको म्याद दिइएको थियो ।

तीनकुनेमा भएको हिङ्सात्मक घटनामा संग्लग्न भएको आरोपमा हिरासतमा राखेर ७५ जनामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

हिरासतमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणासमेत छन् ।

चैत १५ गते राजसंस्था पक्षधरले गरेको प्रदर्शन हिङ्सात्मक हुँदा दुई जनाको ज्यान गएको थियो । एकजना प्रहरीको गोली प्रहारबाट मारिएका थिए ।

तीनकुने घटनामा अनुसन्धान गर्न धवल र रवीन्द्रसहित २० जनालाई १५ दिन म्याद थप

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register