सेयर बजारमा दोहोरो अङ्कको वृद्धि, साढे ११ अर्बको कारोबार 

काठमाडौं । साताको कारोबारको पहिलो दिन आज सेयर बजारमा दोहोरो अङ्कको वृद्धि भएको छ । आज नेप्से परिसूचक ११ दशमलव ६६ अङ्कले बढेर २७५५ दशमलव ४० को विन्दुमा पुगेको छ । आइतबार ३२८ कम्पनीका एक लाख ८ हजार ९१३ पटकको कारोबारमा २ करोड १२ लाख ६ हजार कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा […]

Feb 23, 2025 - 09:33
 0
सेयर बजारमा दोहोरो अङ्कको वृद्धि, साढे ११ अर्बको कारोबार 

काठमाडौं । साताको कारोबारको पहिलो दिन आज सेयर बजारमा दोहोरो अङ्कको वृद्धि भएको छ । आज नेप्से परिसूचक ११ दशमलव ६६ अङ्कले बढेर २७५५ दशमलव ४० को विन्दुमा पुगेको छ ।

आइतबार ३२८ कम्पनीका एक लाख ८ हजार ९१३ पटकको कारोबारमा २ करोड १२ लाख ६ हजार कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ११ अर्ब ५४ करोड ८३ लाख ३७ हजार ६१२ रुपैयाँ रहेको छ ।

९१ कम्पनीको सेयर मूल्य बढ्दा १४८ कम्पनीको घटेको छ भने ४ कम्पनीको मूल्य स्थिर रहेको छ । सेन्सेटिभ इन्डेक्स ० दशमलव ६६ अङ्कले बढेको छ भने फ्लोट इन्डेक्स ० दशमलव ५५ अङ्कले बढेको छ । त्यस्तै, सेन्सेटिभ फ्लोट इन्डेक्स ० दशमलव १२ अङ्कले बढेको छ ।

१३ उपसमूहमध्ये ६ वटा घट्दा बाँकीमा हरियाली छाएको छ । आज गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका लगानीकर्ताले १० प्रतिशतका दरले कमाउँदा हिमालयन रिइन्स्योरेन्समा लगानीकर्ता झुम्मिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register