अर्जुनधारामा भेटियो बेवारिसे शव

झापा, २७ चैत । झापाको अर्जुनधारा नगरपालिका–११ स्थित मकैबारीमा एक पुरुषको शव फेला परेको छ । मागी खाएर हिँड्ने अन्दाजी ४०–४२ वर्षका पहाडे मूलका पुरुषको शव आज बिहान फेला परेको हो । उनको एउटा खुट्टामा घाउ भएको थियो । उनी वीरे दमाईसँगै दमाईको कटेरोमा बस्ने गरेका थिए । दमाईको कटेरो नजिक ती पुरुषको शव फेला [...] The post अर्जुनधारामा भेटियो बेवारिसे शव appeared first on Jhapa Online.

Apr 9, 2025 - 08:08
 0
अर्जुनधारामा भेटियो बेवारिसे शव

झापा, २७ चैत । झापाको अर्जुनधारा नगरपालिका–११ स्थित मकैबारीमा एक पुरुषको शव फेला परेको छ । मागी खाएर हिँड्ने अन्दाजी ४०–४२ वर्षका पहाडे मूलका पुरुषको शव आज बिहान फेला परेको हो ।

उनको एउटा खुट्टामा घाउ भएको थियो । उनी वीरे दमाईसँगै दमाईको कटेरोमा बस्ने गरेका थिए । दमाईको कटेरो नजिक ती पुरुषको शव फेला परेको हो । शवको प्रकृति हेर्दा केही दिनअघि मृत्यु भएको हुनसक्ने इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

प्रहरीले अनुसन्धानका लागि वीरे दमाईलाई पक्राउ गरेको छ । दमाईको घरमा मृत्यु भएर शव मकैवारीमा फालेको हुनसक्ने प्रहरीले जानकारी दिएको छ ।शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको र घटनाबारे अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

The post अर्जुनधारामा भेटियो बेवारिसे शव appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register