हल्दिबारी–४ र ५ को जोड्ने सडक धमाधम कालोपत्रे हुँदै

हल्दिबारी, २७ चैत । झापाको हल्दिबारी गाउँपालिकाको वडा नम्बर ४ र ५ को सिमाना जोडने धनुष पोखरीदेखि हल्दीबारी गाउँपालिका कार्यालय हुँदै धाधरपाडासम्म पुग्ने बाटो कालोपत्रे भइरहेको छ । बहुवर्षीय योजना अन्तरगतको उक्त सडक कालोपत्रे शुरु गरिएको हो । ११४० मिटर लम्बाई र ५.५ मिटर चौडाई रहेको सो सडक एक करोड ३५ लाखको लागतमा केके आर [...] The post हल्दिबारी–४ र ५ को जोड्ने सडक धमाधम कालोपत्रे हुँदै appeared first on Jhapa Online.

Apr 9, 2025 - 08:08
 0
हल्दिबारी–४ र ५ को जोड्ने सडक धमाधम कालोपत्रे हुँदै

हल्दिबारी, २७ चैत । झापाको हल्दिबारी गाउँपालिकाको वडा नम्बर ४ र ५ को सिमाना जोडने धनुष पोखरीदेखि हल्दीबारी गाउँपालिका कार्यालय हुँदै धाधरपाडासम्म पुग्ने बाटो कालोपत्रे भइरहेको छ ।

बहुवर्षीय योजना अन्तरगतको उक्त सडक कालोपत्रे शुरु गरिएको हो । ११४० मिटर लम्बाई र ५.५ मिटर चौडाई रहेको सो सडक एक करोड ३५ लाखको लागतमा केके आर कन्ट्रक्शन झापाले काम गर्दै गरेको वडाध्यक्ष तथा पूर्वाधार संयोजक सन्तकुमार थापाले जानकारी दिनुभयो ।

मौसमले साथ दिए आज १२ बजेदेखि शुरु गरेर आजै सम्पन्न गरिने साथै मौसमले साथ नदिए बिहीवबार सम्पन्न गर्ने योजना रहेको वडाध्यक्ष थापाले बताउनुभयो । उक्त कालोपत्रे हुँदै गरेको सडकको गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, प्रशासकीय अधिकृत मानबहादुर वन (महेन्द्र), कार्यपालिका सदस्य बिजय राजवंशी, इन्जिनियरसहित प्राविधिकको टोलीले मंगलबार अनुगमन गरेको थियो ।

The post हल्दिबारी–४ र ५ को जोड्ने सडक धमाधम कालोपत्रे हुँदै appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register