७२ तस्विरमा हेर्नुहोस् लेखा व्यवसायीको चौथो राष्ट्रिय सम्मेलन… (तस्विरहरू)

काठमाडौँ । लेखा व्यवसायीको चौँथो राष्ट्रिय सम्मेलन चैत २६ गतेबाट सुरु भएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)को आयोजनामा ‘कर र सार्वजनिक वित्तीय व्यवस्थापनको आधुनिकीकरणमार्फत अर्थतन्त्रको रूपान्तरण’ भन्ने नाराका साथ लेखा व्यवसायीको दुई दिने सम्मलेन सुरु भएको हो । सम्मेलनको उद्धघाटन अर्थमन्त्री बिष्णु पौडेलले गरेका थिए । सम्मेलनमा पाँच प्राविधिक तथा दुई पुरक सत्रमध्ये पहिलो […]

Apr 9, 2025 - 08:03
 0
७२ तस्विरमा हेर्नुहोस् लेखा व्यवसायीको चौथो राष्ट्रिय सम्मेलन… (तस्विरहरू)

काठमाडौँ । लेखा व्यवसायीको चौँथो राष्ट्रिय सम्मेलन चैत २६ गतेबाट सुरु भएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)को आयोजनामा ‘कर र सार्वजनिक वित्तीय व्यवस्थापनको आधुनिकीकरणमार्फत अर्थतन्त्रको रूपान्तरण’ भन्ने नाराका साथ लेखा व्यवसायीको दुई दिने सम्मलेन सुरु भएको हो ।

सम्मेलनको उद्धघाटन अर्थमन्त्री बिष्णु पौडेलले गरेका थिए । सम्मेलनमा पाँच प्राविधिक तथा दुई पुरक सत्रमध्ये पहिलो दिन ४ सत्र सम्पन्न भएका छन् भने बाँकि दुई सत्र दोश्रो दिनका लागि तय गरिएको छ ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. शिवराज अधिकारी, महालेखा परीक्षकको कार्यालयका उपमहालेखापरीक्षक बामदेव शर्मा अधिकारी र साफाका अध्यक्ष अश्फाक युशुफ तोला, आईसीएआईका अध्यक्ष सिए चरनजोतसिंह नन्दा, आईक्यानका पूर्व अध्यक्ष नरेन्द्र भट्टराई र पूर्व उपमहालेखापरीक्षक रामु प्रसाद डोटेललगायत बिसिस्ट व्यक्तिहरुको उपस्थिति थियो । बाँकी तस्विरमा हेर्नुहोस्: 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register