रविमाथि ‘प्रहरी ज्यादती’ भएको भन्दै मानवअधिकार आयोगमा रास्वपाको उजुरी

काठमाडौं । पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गर्दा ‘प्रहरी ज्यादती’ भएको भन्दै रास्वपाले राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएको छ । पार्टीका प्रमुख सचेतक सन्तोष परियार, सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीलगायत नेताहरूले बुधबार मानवअधिकार आयोगमा पुगेर निवेदन दिएका हुन् । छानबिन गरी आवश्यक कारबाही गर्न उनीहरुले माग गरेका छन् । आयोगका अध्यक्षले आवश्यक छानबिन गरी कारबाही गर्ने आश्वासन दिएको […]

Apr 9, 2025 - 08:15
 0
रविमाथि ‘प्रहरी ज्यादती’ भएको भन्दै मानवअधिकार आयोगमा रास्वपाको उजुरी

काठमाडौं । पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गर्दा ‘प्रहरी ज्यादती’ भएको भन्दै रास्वपाले राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएको छ ।

पार्टीका प्रमुख सचेतक सन्तोष परियार, सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीलगायत नेताहरूले बुधबार मानवअधिकार आयोगमा पुगेर निवेदन दिएका हुन् ।

छानबिन गरी आवश्यक कारबाही गर्न उनीहरुले माग गरेका छन् । आयोगका अध्यक्षले आवश्यक छानबिन गरी कारबाही गर्ने आश्वासन दिएको सहमहामन्त्री बुर्लाकोटीले जानकारी दिए ।

पूर्वउपप्रधान एवं गृहमन्त्री लामिछानेलाई गत शुक्रबार राति सुत्न लागेको बेला प्रहरीले पक्राउ गरेको थियो । एक प्रहरी अधिकारीले अन्तिम इच्छा सोधेकोमा रास्वपाका नेता–कार्यकर्ताले आपत्ति जनाएका थिए ।

यस घटनालाई रास्वपाले प्रहरी ज्यादती र मानवअधिकार हनन भनेको छ । लामिछाने सहकारी ठगी प्रकरणमा तुलसीपुर उच्च अदालतको बुटबल इजलासको आदेशपछि पक्राउ परेका हुन् । उनी कारागार चलान भइसकेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register