नारायणीमा डुबेका दिदीभाइको शव गोताखोरले निकाल्यो

काठमाडौं । नारायणी नदीमा डुबेर बेपत्ता भएका दिदीभाइको शव सशस्त्र प्रहरीको गोताखोर टोलीले निकालेको छ । नवलपुरको गैँडाकोट नगरपालिका–१ कुमालटोल बस्ने १३ वर्षीया दीक्षा सेर्पुञ्जा र उनका ९ वर्षीय भाइ स्वप्निलको शव बुधबार निकालिएको हो । उनीहरु मङ्गलबार नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए । गोताखोरको टोलीले स्वप्निलको शव ३५ फिट गहिराइबाट बिहान साढे ११ […]

Apr 9, 2025 - 08:54
 0
नारायणीमा डुबेका दिदीभाइको शव गोताखोरले निकाल्यो

काठमाडौं । नारायणी नदीमा डुबेर बेपत्ता भएका दिदीभाइको शव सशस्त्र प्रहरीको गोताखोर टोलीले निकालेको छ ।

नवलपुरको गैँडाकोट नगरपालिका–१ कुमालटोल बस्ने १३ वर्षीया दीक्षा सेर्पुञ्जा र उनका ९ वर्षीय भाइ स्वप्निलको शव बुधबार निकालिएको हो ।

उनीहरु मङ्गलबार नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए ।

गोताखोरको टोलीले स्वप्निलको शव ३५ फिट गहिराइबाट बिहान साढे ११ बजे र दीक्षाको शव ५० फिट गहिराइबाट साढे १२ बजे निकालेको सशस्त्र प्रहरी बलका प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register