नेपालको औपचारिक भ्रमणमा भारतका कृषि मन्त्रि शिवराज सिंह चौहान

काठमाडौँ । भारतका ग्रामीण विकास तथा कृषि तथा किसान कल्याण मन्त्री शिराज सिंह चौहान नेपालको औपचारिक भ्रमण गरेका छन् । काठमाडौँमा आयोजना गरिएको तेस्रो बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) कृषि मन्त्रीस्तरीय बैठक (तेस्रो बिएएमएम) मा सहभागिता जनाउनको चौहान नेपाल आएका हुन् । विगत एक दशकमा बंगालको खाडी क्षेत्रमा क्षेत्रीय विकास, […]

Apr 10, 2025 - 07:57
 0
नेपालको औपचारिक भ्रमणमा भारतका कृषि मन्त्रि शिवराज सिंह चौहान

काठमाडौँ । भारतका ग्रामीण विकास तथा कृषि तथा किसान कल्याण मन्त्री शिराज सिंह चौहान नेपालको औपचारिक भ्रमण गरेका छन् । काठमाडौँमा आयोजना गरिएको तेस्रो बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) कृषि मन्त्रीस्तरीय बैठक (तेस्रो बिएएमएम) मा सहभागिता जनाउनको चौहान नेपाल आएका हुन् ।

विगत एक दशकमा बंगालको खाडी क्षेत्रमा क्षेत्रीय विकास, कनेक्टिभिटी र आर्थिक समुन्नतिलाई प्रवद्र्धन गर्न बिम्स्टेक एक महत्वपूर्ण मञ्चको रूपमा उदय भएको छ । ‘कृषि र खाद्य सुरक्षा’ बिम्स्टेक सहयोगको मुख्य क्षेत्रहरू मध्यको एक हो । क्षेत्रीय कृषि सहयोगलाई आकार दिन सर्वोच्च निर्णय लिने निकायको रुपमा रहेको बिएएमएमको यो तेस्रो बैठक थियो । बिएएमएमको पहिलो बैठक मिति २०७६ असार २७ गते म्यानमारमा भएको थियो र त्यसपछिको दोस्रो बिएएमएमको बैठक मिति २०७९ कात्तिक २४ गते भारतमा सम्पन्न भएको थियो । तेस्रो बिएएमएमको समयमा कृषि मन्त्रीहरूले मत्स्यपालन र पशुपन्छी सहयोग सहित बिम्स्टेक कृषि क्षेत्रमा थप गति प्रदान गर्ने तरिका र माध्यमहरूमा छलफल गरेका छन् ।

भ्रमणको क्रममा चैत २७ गते भारतका ग्रामीण विकास तथा कृषि तथा किसान कल्याण मन्त्रीले आफ्ना समकक्षी नेपालका कृषि तथा पशुपन्छी विकास मन्त्रीसँग द्विपक्षीय बैठक पनि गरेका छन् । उनले तेस्रो बिएएमएमको बैठक सफलतापूर्वक आयोजना गरेकोमा आफ्ना समकक्षीलाई बधाई दिएका थिए । दुवै मन्त्रीहरूले कृषि क्षेत्रमा गरिएका विभिन्न द्विपक्षीय पहल र विकास परियोजनाहरूमा भएको प्रगतिको समीक्षा गर्नुभयो र थप सहकार्यका लागि हुन सक्ने अवसरहरूबारे छलफल गरेको काठमाडौँस्थित भारतीय राजदूतावासले जनाएको छ ।

भारत सरकारको कृषि तथा किसान कल्याण मन्त्रालय र नेपाल सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयबीच कृषि क्षेत्रमा सहयोगसम्बन्धी समझदारीपत्रमा दुवै मन्त्रीहरूले हस्ताक्षर गरेका छन् । उक्त सम्झौताले दुई देशबीच कृषि विज्ञान तथा प्रविधि, कृषि उत्पादन, बाली उत्पादन, कृषि व्यापार तथा बजारीकरण, बिरुवा संरक्षण र बजार पहुँच, बागवानी, एकीकृत कृषि प्रणाली, लघु सिँचाइ, प्राकृतिक स्रोत व्यवस्थापन, जैविक खेती, जैविक मल र जैविक विषादी, पोष्टहार्भेष्टको व्यवस्थापन, जलवायु उत्थानशीलता र दिगो कृषि जस्ता क्षेत्रमा सहयोग प्रवद्र्धन गर्ने लक्ष्य राखेको छ । उक्त सम्झौताले मिति २०४८ मंसिर २० गते कृषि सहयोगका लागि दुई देशबीच हस्ताक्षर गरिएको समझदारीपत्रलाई प्रतिस्थापन गरेको छ ।

भारतका ग्रामीण विकास तथा कृषि तथा किसान कल्याण मन्त्रीले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग समेत शिष्टाचार भेटवार्ता गरेका छन् । उनले भारतको नेतृत्वको तर्फबाट अभिवादन व्यक्त गरेका थिए भने भारत र नेपालबीचको घनिष्ठ र मैत्रीपूर्ण सम्बन्धको बारेमा छलफल गरेका थिए । जसले ऐतिहासिक, सांस्कृतिक, सभ्यतागत र जनता-जनताबीचको सम्बन्धमा गहिरो जरा गाडेको दूतावासले जनाएको छ । कृषिका विभिन्न क्षेत्रहरूमा भारत–नेपाल सहयोगलाई थप सुदृढ पार्ने तरिकाहरूबारे पनि छलफल भएको थियो ।

तेस्रो बिएएमएममा सहभागिता जनाउन तथा अन्य प्रमुख द्विपक्षीय भेटघाटहरू गर्न भारतकाग्रामीण विकास तथा कृषि तथा किसान कल्याण मन्त्रीको नेपाल भ्रमणले दुई देशहरूबीच हुने नियमित उच्च–स्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिएको छ । यसले विशेष गरी कृषि र सम्बन्धित क्षेत्रहरूमा हाम्रो द्विपक्षीय र क्षेत्रीय सम्बन्धलाई थप बढावा दिन मद्दत गरेको भारतीय दूतावासले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register