त्रिदेशीय मार्ग पूरा गर्न दोलखालीको जोड

दोलखा। नेपाल– चीन जोड्ने फलाक नाका खुलाउन र त्रिदेशीय मार्ग (नेपाल– चीन– भारत) जोड्ने फलाक– भिटामोड सडक सञ्चालन गर्न दोलखाका स्थानीयले माग गरेका छन् ।  नेकपा एमाले दोलखाका अध्यक्ष नरबहादुर श्रेष्ठ नेपाल– चीन जोड्ने दोलखाको फलाक नाका खुलाएर त्रिदेशीय मार्ग सञ्चालन गर्न सरकारले पहल गर्नुपर्ने बत्ताउँछन्  । चीनसंगको सिमाना दोलखाको बिगु गाँउपालिका वडा नम्बर– १ […]

Apr 10, 2025 - 17:28
 0
त्रिदेशीय मार्ग पूरा गर्न दोलखालीको जोड

दोलखा।

नेपाल– चीन जोड्ने फलाक नाका खुलाउन र त्रिदेशीय मार्ग (नेपाल– चीन– भारत) जोड्ने फलाक– भिटामोड सडक सञ्चालन गर्न दोलखाका स्थानीयले माग गरेका छन् । 

नेकपा एमाले दोलखाका अध्यक्ष नरबहादुर श्रेष्ठ नेपाल– चीन जोड्ने दोलखाको फलाक नाका खुलाएर त्रिदेशीय मार्ग सञ्चालन गर्न सरकारले पहल गर्नुपर्ने बत्ताउँछन्  । चीनसंगको सिमाना दोलखाको बिगु गाँउपालिका वडा नम्बर– १ लामाबगर फलाकबाट महोत्तरीको जलेश्वर भिटामोडहुदै भारत जोड्ने त्रिदेशीय मार्ग सबैभन्दा छोटो भएकोले यसको सञ्चालनमा सरकारले विशेष पहल गर्नुपर्ने श्रेष्ठको भनाई छ ।

यो सडक पूरा गर्ने र फलाक नाका खुलाउने विषयमा नेकपा एमालेका पोलिटब्युरो सदस्य पार्वत गुरुङले दोलखाका राजनीतिक दलहरुसंग सहकार्य गर्दै विशेष पहल सुरु गर्नु भएको अध्यक्ष श्रेष्ठ बत्ताउँछन् ।  

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् दोलखा इन्चार्ज विशाल खड्का पनि फलाक– भिटामोड सडक पूरा गर्न र फलाक नाका खुला गर्न आफूले सरोकारवाला निकायहरुसंग पहल गरिरहेको बत्ताउँछन् ।

नेपाल– चीन– भारत जोड्ने दुई सय ५० किलोमिटरको फलाक– भिटामोड त्रिदेशीय मार्गको करिब दुई सय ४७ (कच्ची र पक्की गरी) किलोमिटर सडक बनिसकेको छ । अब करिब तीन किलोमिटर सडक बनेपछि चीनसंगको फलाक नाका जोडिने बिगु गाँउपालिका वडा नम्बर– १ का वडा अध्यक्ष मेम बहादुर तमाङले बताए । 

फलाक नाका जोडियो भने चीनको टिङ्ग्री जिल्ला स्थित रोङसिया बजार पुगेर सहजै व्यवसाय गर्न सकिने अवस्था रहेको वडा अध्यक्ष तमाङको भनाई छ । 

नेपाली कांगेस दोलाखका सभापति बर्मा लामा आफूले चीनको सिचुवान प्रान्तको भ्रमणको क्रममा पनि चिनिया उपमन्त्रीसंग फलाक नाका खुलाउने विषयमा कुरा राखेको र उनीहरु ले नाका खुला गर्न समस्या नरहेको जानकारी आफूलाई गराएको बत्ताउँछन् । 

चिनियाँ पक्ष दोलखासंगको फलाक नाका खुला गर्न सकारात्मक छन् तर उनीहरुको चासो सिमा सुरक्षा र सडक निर्माणमा रहेकोले नेपाल सरकारले तत्काल त्रिदेशीय मार्ग जोड्नुपर्ने कांग्रेस सभापति लामाको भनाई छ । 

केही सयम अघिमात्र सिमा बैठकमा सहभागि हुन चीनको रोङ्सिया पुग्नु भएका दोलखाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल फलाक नाका खुलाएर रोङ्सियामा बजार विस्तार गर्न चीन सरकार सकारात्मक रहेको बत्ताउँछन् । सिमा बैठकको क्रममा चिनियाँ पक्षले नेपाललाई लक्षित गरेर रोङ्सियामा बजार विस्तार गर्ने प्रसङ्ग उठाएको प्रमुख जिल्ला अधिकारी गेलालले बताए । उनीहरुको चासो नेपाल पट्टी सडक लगायतका भौतिक पूर्वाधार तयार छ कि छैन र सुरक्षा तथा अध्यागमन कार्यालय छ कि छैन भन्ने कुरामा रहेको प्रमुख जिल्ला अधिकारी गेलाल बत्ताउँछन् । 

फलाक नाका खुला गर्न नेपाल पट्टी करिब तीन किलोमिटर सडक निर्माण र अध्यागमन, सुरक्षा बेसक्याम्प लगायतको तयारी गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी गेलालको भनाई छ ।

सडक विभागका महानिर्देशक रामहरी पोखरेल फलाक– भिटामोड सडक पूरा गर्न विभागले २० करोड रकम छुट्टाएको भएपनि त्यसको लागि प्रकृया अघि बढाउन ढिला भएकोले नयाँ आर्थिक बर्षमा थप बजेट सहित काम अघि बढाउने बत्ताउँछन् । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register