हेटौँडामा स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

हेटौंडा । मकवानपुरको हेटौँडामा स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१६ गुरुधामचोकस्थित धरानचतरा सडकखण्डमा शुक्रबार बिहान उक्त दुर्घटना भएको हो । ठूलोदमारबाट हटियातर्फ आउँदै गरेको बाप्र ०३–०४ प ९५२६ नबरको स्कुटरले ठक्कर दिँदा ७६ वर्षीय स्थानीय अनिरुद्र बस्ताकोटीको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएकाे छ । ठक्करबाट घाइते भएका उनको उपचारका क्रममा […]

Apr 11, 2025 - 03:48
 0
हेटौँडामा स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

हेटौंडा । मकवानपुरको हेटौँडामा स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१६ गुरुधामचोकस्थित धरानचतरा सडकखण्डमा शुक्रबार बिहान उक्त दुर्घटना भएको हो ।

ठूलोदमारबाट हटियातर्फ आउँदै गरेको बाप्र ०३–०४ प ९५२६ नबरको स्कुटरले ठक्कर दिँदा ७६ वर्षीय स्थानीय अनिरुद्र बस्ताकोटीको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएकाे छ ।

ठक्करबाट घाइते भएका उनको उपचारका क्रममा चितवनको पुरानो मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक श्यामु अर्यालले बताए ।

‘पैदलयात्रीलाई प्रारम्भिक उपचारका लागि हेटौँडा अस्पताल पठाइएका थियो । त्यसपछि उनलाई थप उपचारका लागि चितवन रिफर भएकोमा शुक्रबार बिहान मृत्यु भएको हो,’ उनले भने ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register